2026-09-21 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले ५ र सन्दीपले ३ विकेट लिए

फागुन २, काठमाडौँ | नामिबियाका बलिङ अलराउन्डर माइकल भान लिगेन चम्किँदा नेपालले २८६ रनको लक्ष्य पाएको छ। निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो। 

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले ३ र करण केसीले ५ विकेट लिए। यस्तै, सोमपाल कामी र कुसल मल्लले १–१ विकेट लिए।

नामिबियाका लागि लिगेन १३३ रनको शतकीय पारी खेले। उनले १३७ बलमा उक्त स्कोर खडा गरेका हुन्। उनलाई करण केसीले ४७औं ओभरको समाप्तिमा पेभेलियनको बाटो देखाए। 

यसैगरी क्याप्टेन जेराड एरसमसले ७९ बलमा ५६ रन बनाए। कुशल मल्लले उनलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका थिए।

लो-आन्द्रे लोरेन्सले १३ बलमा ५ रन जोडे। उनलाई सोमपाल कामीले बोल्ड गरेका थिए। यसैगरी कार्ल ब्रिकेनस्टोकले सन्दीप लामिछानेबाट बोल्ड हुनुअघि २४ बलमा १३ रन बनाए।

यसैगर पिक्की फ्रान्सले ३ बलमा २ रन, रुबेन ट्रम्पेलम्यानले ११ र तान्जेनी लुङ्गामेनीले १ रन बनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो