2026-11-02 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले ५ र सन्दीपले ३ विकेट लिए

फागुन २, काठमाडौँ | नामिबियाका बलिङ अलराउन्डर माइकल भान लिगेन चम्किँदा नेपालले २८६ रनको लक्ष्य पाएको छ। निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर नामिबियाले २८५ रन बनायो। 

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले ३ र करण केसीले ५ विकेट लिए। यस्तै, सोमपाल कामी र कुसल मल्लले १–१ विकेट लिए।

नामिबियाका लागि लिगेन १३३ रनको शतकीय पारी खेले। उनले १३७ बलमा उक्त स्कोर खडा गरेका हुन्। उनलाई करण केसीले ४७औं ओभरको समाप्तिमा पेभेलियनको बाटो देखाए। 

यसैगरी क्याप्टेन जेराड एरसमसले ७९ बलमा ५६ रन बनाए। कुशल मल्लले उनलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका थिए।

लो-आन्द्रे लोरेन्सले १३ बलमा ५ रन जोडे। उनलाई सोमपाल कामीले बोल्ड गरेका थिए। यसैगरी कार्ल ब्रिकेनस्टोकले सन्दीप लामिछानेबाट बोल्ड हुनुअघि २४ बलमा १३ रन बनाए।

यसैगर पिक्की फ्रान्सले ३ बलमा २ रन, रुबेन ट्रम्पेलम्यानले ११ र तान्जेनी लुङ्गामेनीले १ रन बनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द