2026-09-21 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोहित र कुशलबीच कीर्तिमानी साझेदारी, नेपाल बलियो स्थितिमा

फागुन २, काठमाडौँ | विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र कप्तान रोहित पौडेलले शानदार ब्याटिङ गरेका छन् ।

२८६ रनको लक्ष्य पाएको नेपालका लागि यी दुई ब्याटसम्यानले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । नेपालले ३३ ओभरमा २ विकेट गुमाएर १८६ रन जोडेको छ । नेपाललाई अब १७ ओभरमा १०० रन आवश्यक छ ।

भुर्तेल ८१ र रोहित ७२ रनमा खेल्दैछन् । यी दुईबीच १३३ रनको साझेदारी भइसकेको छ । नेपालले ५३ रन जोड्दा दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २५ रनमा गुमाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो लक्ष्य यसअघि पुरा गर्न सकेको छैन ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५५ रनसम्मको लक्ष्य पूरा गरेको इतिहास छ । सन् २०१९ को जनवरीमा नेपालले दुबईमा यूएईले दिएको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।

तर नेपालले तेस्रो पालीमा यसअघि २८६ रनसम्म बनाएको इतिहास छ । सन् २०२२ को मार्चमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय ८६ रनसम्म बनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्यूगिनी विरुद्ध २०२२ मार्च २६ मा बनाएको १२९ रनको साझेदारीको कीर्तिमान राेहित र कुशलले तोडेका छन् ।

खेलमा ३३ ओभरको अन्तिम बलमा भुर्तेलले चौका प्रहार गर्दै १८६ रन बनाउँदा हालसम्मको सबैभन्दा धेरै रनको साझेदारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो