2026-09-21 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियामाथि स्कटल्यान्डको १० विकेटको जित

फागुन ३, काठमाडौँ | काठमाडौँमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबिया लगातार दोस्रो खेलमा पराजित भएको छ।

स्कटल्यान्डले नामिबियामाथि १० विकेटको रवाफिलो जित हासिल गर्दै विश्वकप क्रिकेट लिग-२ को उपाधि नजिक पुग्यो।

टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटियो। जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा बिना विकेट गुमाएर पूरा गरेको थियो।

स्कटल्यान्डको जितमा ओपनरहरु क्याली कोएटजर र जर्ज मुन्सीले अविजित इनङ खेलेका थिए। मुन्सीले ६१ बलमा शतक प्रहार गर्दा क्याली ४६ रन बनाएर अविजित रहे।

जितका लागि १ रन चाहिएको अवस्थामा ९९ रनमा रहेका मुन्सीले ४ रन प्रहार गर्दै १०३ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको नामिबियाका लागि ओपनर लो ह्यान्ड्रे लउरेन्सले सर्वाधिक ५४ रन बनाउँदा बर्नार्ड स्कोल्जले ३० रन बनाएका थिए।

त्यस्तै, जिन ग्रिनले २५ रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो। नामिबियालाई सस्तैमा समेट्ने क्रममा स्कटल्यान्डका लागि माइकल लिस्कले ४ विकेट लिँदा सफ्यान सरिफ र मार्क वाटले समान ३-३ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो