2026-11-02 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी विश्वकप लिग: नेपालको ५ विकेट गुमाएर १४९ रन

फागुन ५, काठमाडौँ | कुशल मल्लले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरमा जारी एकदिवसीय सिरिजको स्कटल्याण्डविरुद्धको खेलमा मल्लले अर्धशतक प्रहार गरेका हुन्। १९.५ ओभरमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय साझेदारी पूरा गरेका हुन् । हालसम्म २२ ओभरमा नेपालले ५ विकेट गुमाएर १४९ रन जोडेको छ ।

नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाउँदा आशिफ शेख ९, कप्तान रोहित पौडेल ६ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए। त्यस्तै सुन्दिप जोराले ५ रन बनाए। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले लामो साझेदारी गर्दै स्कोर माथि उकासिरहेका छन्। 

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै आक्रामक ब्याटिङ गरे पनि विकेट जोगाउन नसक्दा दवाबमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द