2026-11-02 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीहरुले हात मिलाएनन् !

फागुन ५, काठमाडौं । स्कटल्याण्डका खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

नेपालसँग ३ विकेटले पराजित भएको स्कटल्याण्डका खेलाडीहरुले नेपालका अन्य खेलाडीहरुसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् । सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरेका हुन् । क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिको बारेमा आफू जानकारी भएको भन्दै  आफूहरु सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध  रहेको बताएको थियो । क्रिकेट स्कटल्याण्डले  भनेको थियो – ‘सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा, क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन ।’ 

सन्दिपको आजको पर्दर्शन पछि नेपाली स्समर्थकहरुले भने खुलेर जयजयकार गरे । जवाफमा लामिछानेले पनि सबैलाई मायाँको सम्वोधन फर्काएका थिए । आजको खेलमा सन्दीपले स्कटल्याण्डविरुद्ध १० ओभर खेल्दै २७ रन मात्र खर्चेर ३ विकेट लिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द