2026-08-24 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी

रबिन्द्र यादव | फागुन ७, नवलपरासी पश्चिम | प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट संचालित प्रथम प्रतापपुर गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार बृहत् समापन समारोह कार्यक्रम गरि सम्पन्न भएको हो । 

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन नमुना मावि बेलाटारीले प्रथमको उपाधि हात पार्न सफल भएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो उपाधि महेन्द्र मावि सोमनीले हात पारेको छ भने तेस्रो उपाधि गणेश मावि बसहियाले हात पार्न सफल भएको हो । उत्कृष्ट खेलाडीहरुलाई मेडल,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियोे । 

प्रतियोगितामा गाउँपालिकाका ६ वटा सामुदायिक, ५ वटा संस्थागत र एक वटा धार्मिक गरि १२ वटा माध्यमिक विद्यालयहरु सहभागी थिए । 

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद (रुदल) यादवले विजयी खेलाडी विद्यार्थीलाई बधाई  तथा थप सफलताको शुभकामना दिनु हुदै स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाको सात वटै पालिकामा सञ्चालन गरिने उनले बताए । 

उक्त खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी एथ्लेटीक्स तर्फ, हाइजम्प, लङजम्प, ट्रिपलजम्प,सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र तीन हाजर मिटर लगाएतका खेलहरु सञ्चालन भएको प्रतापपुर गाउँपालिकाले जनाएको छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवको अध्यक्षतामा समापन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद यादव ( रुदल) को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु,बिभिन्न राजनितीका दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि ,सुरक्षाकर्मी ,संचारकर्मी लगाएयको सहभागिता रहेको थियो ।

खेललाई सफल बनाउन सहयोग गर्नुहुने गाउँपालिका परिवार, शिक्षा, युवा तथा खेलकुद शाखा, खेल संचालक समिती, जिल्ला खेलकुद विकास समिति, खेलप्रशिक्षकज्यूहरू, सहभागी विद्यालयहरु,खेलाडी विद्यार्थी, आमन्त्रित तथा उपस्थित अतिथिगण, पत्रकार,त्रिभुवन नमुना मावि परिवार सबैलाई प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले धन्यवाद दिए । 

खेलाडीहरुले राष्ट्रको छवि उच्च बनाउन महत्त्वपूर्ण योगदान र भुमिका निर्वाह गर्न सक्ने भनेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका २०७० बमोजिम देशभित्रका सम्पुर्ण स्थानीय तह, प्रदेश र संघियस्तर उक्त खेलकुद प्रतियोगिता ल्याएको हो । स्थानिय तहले चैत मसान्तसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन