2026-09-21 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोहित र करणको साझेदारीमा नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

फागुन ९, काठमाडौं | लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।

मङ्गलवार भएको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनायो।

यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।

लीग-२ को अङ्कतालिकामा यूएई पाँचौँ स्थानमा छ। उसको २६ खेलबाट २७ अङ्क छ।

सङ्घर्षपूर्ण जित

यसअघि शृङ्खलामा नामिबियालाई दुई खेल र स्कटल्यान्डलाई एउटा खेलमा पराजित गरेको नेपालले मङ्गलवार जितका लागि निकै सङ्घर्ष गर्नुपर्‍यो।

दोस्रो ओभरमा नै नेपालले ओपनर कुशल भुर्तेललाई १ रनको स्थितिमा गुमायो। त्यसपछि पनि विकेट झर्ने क्रम रोकिएन।

सातौँ ओभरमा अर्का ओपनर आशिफ शेख १२ रनमा आउट भए भने खेल सम्हाल्न खोजेका ज्ञानेन्द्र मल्ल १०.३ ओभरमा एलबीडब्ल्यूको सिकार भए।

कप्तान रोहित पौडेल मैदानमा राम्ररी डटिरहँदा उनलाई साथ दिन गएका खेलाडीहरू भने एकपछि अर्को गर्दै आउट भइरहेका थिए।

अठारौँ ओभरको अन्तिम बलमा कुशल मल्ल १७ रन जोडेर बोल्ड भए भने अर्को ओभरमा सन्दीप जोरा एक रनमै बाहिरिए।

दीपेन्द्र सिंह ऐरी (७ रन) र सोमपाल कामी (२ रन) पनि खेलमा जम्न सकेनन्।

सन्दीप लामिछाने ३८.१ ओभरमा आउट हुँदा नेपालले आठ विकेट गुमाइसकेको थियो। त्यतिबेला १३८ रनमा सीमित नेपाललाई कप्तान पौडेल र करण केसीले जितको बाटोमा डोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो