2026-09-21 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा नेपाललाई छनोट गरेर फर्कनेछौं : देव खनाल

फागुन १०, काठमाडौं | नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले नेपाललाई विश्वकपमा छनोट गरेर ल्याउने सपना भएको बताएका छन् । नेपाल लामो समयसम्म पनि विश्वकप छनोट नभएका हुँदा यो पटक टिमको सम्भावना भएको बताए । नेपाल आर्यसीसी यू–१९ विश्वकप एसिया क्षेत्र डिभिजन १ को छनोटका लागि यूएई गएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन् । त्यस्तै नेपालले जगत टमाटाको प्रशिक्षकत्वमा खेल्नेछ ।

‘यसपटक नेपालको विश्वकपमा छनोट हुने राम्रो सम्भावना छ । नेपाललाई यो सफलता दिलाउन सके मलाई पनि राष्ट्रिय टोलीमा आउने वातावरण खुल्नेछ । हाम्रो टिम अहिले सन्तुलित छ,’ खनालले भने । उनले नेपाली यू–१९ टोलीको कप्तानको जिम्मेवारी पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उक्त जिम्मेवारीलाई आफूले पूर्णतया राम्रो तरिकाले निभाउने कुरामा पनि विश्वस्त भएको बताए ।

‘टिमको महत्वपूर्ण जिम्मेवारी पाउँदा धेरै खुसी लागेको छ । यो जिम्मेवारीलाई म कुशलताका साथ निभाउनेछु । टिमको जिम्मेवारी नै मेरो हो,’ खनालले भने । नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो