2026-09-21 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आकाश र विशालको अर्धशतक, नेपालको मजबुत स्कोर

फागुन १२, काठमाडौँ | आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको छ ।

नेपाली यू-१९ टोलीका कप्तान देव खनाल । फाइल तस्बिर : कान्तिपुर

यूएईको अजमानमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको हो ।

आकाशले इडेन गार्डेन ओभल मैदानमा १ सय बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरि ७८ रन बनाए । उनी ३४ औं ओभरमा आउट भएका थिए, जति खेर नेपालको स्कोर १ सय ४५ रन थियो । दीपक बोहरा ‘ए’ ५ रनमा आउट भएपछि आकाशले अर्जुन कुमालस“ग दोस्रो विकेटमा ९३ रनको साझेदारी गरे । अर्जुनले ६७ बल खेल्दै ३ चौकासहित ३७ रन बनाए ।

कप्तान देव खनालले २१ रन बनाए । उनले २६ बल खेली १ चौका प्रहार गरे । दीपक बोहरा ‘बी’ १५ बल खेली दुई चौका प्रहार गर्दै १७ रनमा आउट भए । दीपक डुम्रे १० ररनमा आउट भए भने मिलन बोहराले ४ रनमात्र बनाउन सके ।

मध्यक्रमलाई सम्हालेर खेलेका विशालले अविजित ६३ रन बनाए । उनले ६४ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । सुवास भण्डारी १ चौका प्रहार गरी ८ बलमा १२ रन बनाई अविजित रहे । सिंगापुरका अर्याविर चौधरी र अभुदय छाजरले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो