2026-11-02 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विदेश भ्रमण फुकुवासम्बन्धी सन्दीपको सर्वोच्च अदालतमा सुनवाइ सकियो

फागुन १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गर्यो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएका थिए । उनले यो क्रिकेट श्रृंखला नेपालका लागि एकदमै महत्वपूर्ण भएकाले सन्दीपको उपस्थिति जरुरी रहेकोमा जोड दिए ।  न्यायधीश ईश्वर खतिवडाले केहीबेरमा आदेश सुनाउने तयारी गरेका छन् ।

न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् । न्यायाधीश खतिवडाले फैसलाको कैफियत प्रतिवेदनबिना कसरी अन्तरकालिन आदेश दिने भन्ने प्रश्न गरेका थिए । उनले नेपालको यूएइ भ्रमण कहिलेदेखि कहिलेसम्मको हो भनेर पनि सोधेका थिए ।

‘म उनको करिअर जिवित रहोस, अझ माथि पुगोस भन्ने चाहन्छु । तर, हामीले प्रक्रिया अनुसार चल्नुपर्छ । सर्वोच्च अदालतभन्दा माथि अर्को निकाय पनि नभएकाले हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतमा यस्तो अभ्यास छैन ।’ उनले भने ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको थियो ।

धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटायो । लगतै राष्ट्रिय टिममा राख्यो र लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेल्यो । अर्को शृंखला खेल्न नेपाली टोली भोलि यूएई जाँदैछ ।

क्रिकेट संघले सन्दीपलाई पनि लैजान चाहेको थियो, तर अदालतको शर्तका कारण सम्भव थिएन । त्यसैले सन्दीप विदेश जाने अनुमति माग गर्दै सर्वोच्च गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द