2026-09-21 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा कुवेतसामु ३४४ रनको विशाल लक्ष्य प्रस्तुत

फागुन १३, काठमाडौँ ।  युएईमा जारी आईसीसी यू–१९ विश्वकपको छनोटमा नेपालले आज कुवेतलाई ३४३ रन बनाई मजबुत स्कोर खडा गरेको छ । अब नेपालले दिएको ३४४ रनको फराकिलो लक्ष्यलाई पछ्याउन कुवेतले केहीबेरमा खेल्नेछ ।

खेलमा ७ विकेटको क्षेतीमा फराकिलो स्कोर खडा गर्ने क्रममा नेपालको लागि कप्तान देव खनालले ११७ बलमा १२५ रन बनाए । उनले यो स्कोर खडा गर्ने क्रममा ९ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै नेपालको लागि अर्जुन कुमालले ११२ बल खेल्दै १०८ रन बनाए । खेलमा उनले १२ चौका प्रहार गरे । 

खेलमा ओपनिङ ब्याट्सम्यान दिपक बोहोराले २७ बलमा १३ रन, आकाश त्रिपाठीले पहिलो बलमै आउट भएर २ रन, बिशाल बिक्रम केसीले १४ बलको सामना गर्दै ४ चौका सहित २३ रन, दिपक बोहोराले ९ बल सामना गर्दै ४ चौका सहित १९ रन, सुवास भण्डारीले २ रन, नट आउट रही दिपेश कंडेलले २ रन र दिपक प्रसाद डुम्रेले नट आउट रही २० रन बनाए । 

नेपालको ७ विकेट लिने क्रममा अर्श साहिल काज्मी र हेनरी थोमसले समान २/२ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो