2026-08-24 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपजत्तिको खेलाडीले खेल्न पाउनुपर्छ – क्यान अध्यक्ष चन्द

फागुन १४, काठमाडौँ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। 

आज (आइतबार) सुर्खेतमा शुरू भएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभामा चन्दले सन्दीप जत्तिको खेलाडीले खेल्न पाउनुपर्ने बताए।

उनले भने, ‘अदालतमा मुद्दा चलिरहेको छ, अदालतले गरेको निर्णय सबैले मान्नैपर्छ, उहाँ (सन्दीप) जत्तिको खेलाडीले खेल्न पाउनुपर्छ ।’

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी २० लिगको पहिलो संस्करणमा स्पट फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताए ।

‘आईसीसीको नियमअनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ, हामीले कारबाही पनि गरिसकेका छौं, क्यानले अब त्यस्ता गतिविधि हुन दिँदैन,’ उनले भने ।  ​

भोलिसम्म चल्ने साधारणसभामा २०२३ को वार्षिक कार्यक्रम, बजेट र केही समसायिक विषयमा नीतिगत छलफल हुने बताइएको छ । 

अध्यक्ष चन्दले क्यानको कार्य प्रगतिमा स्वच्छता, स्पष्टता कायम गर्दै बिग्रेको छविलाई उम्काउन सफल भएको बताए । आईसीसीबाट सम्मानित हुनु, आर्थिक प्रतिबन्ध फुकुवा हुनु र नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय खेलमा प्रगति गर्दै जानुले सफलता मान्न सकिने उनको भनाइ छ ।

यसैबीच, साधारणसभामा क्यानले क्रिकेटलाई सामाजिक सञ्जालमा प्रर्वद्धन गर्न यही वर्षदेखि माकुरा क्रिएसन नामक आईटी कम्पनीसँग सम्झौता गर्न छलफल गर्नेछ । साधारणसभाको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । साधारणसभामा ८० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ