2026-11-02 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपजत्तिको खेलाडीले खेल्न पाउनुपर्छ – क्यान अध्यक्ष चन्द

फागुन १४, काठमाडौँ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। 

आज (आइतबार) सुर्खेतमा शुरू भएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभामा चन्दले सन्दीप जत्तिको खेलाडीले खेल्न पाउनुपर्ने बताए।

उनले भने, ‘अदालतमा मुद्दा चलिरहेको छ, अदालतले गरेको निर्णय सबैले मान्नैपर्छ, उहाँ (सन्दीप) जत्तिको खेलाडीले खेल्न पाउनुपर्छ ।’

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी २० लिगको पहिलो संस्करणमा स्पट फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताए ।

‘आईसीसीको नियमअनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ, हामीले कारबाही पनि गरिसकेका छौं, क्यानले अब त्यस्ता गतिविधि हुन दिँदैन,’ उनले भने ।  ​

भोलिसम्म चल्ने साधारणसभामा २०२३ को वार्षिक कार्यक्रम, बजेट र केही समसायिक विषयमा नीतिगत छलफल हुने बताइएको छ । 

अध्यक्ष चन्दले क्यानको कार्य प्रगतिमा स्वच्छता, स्पष्टता कायम गर्दै बिग्रेको छविलाई उम्काउन सफल भएको बताए । आईसीसीबाट सम्मानित हुनु, आर्थिक प्रतिबन्ध फुकुवा हुनु र नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय खेलमा प्रगति गर्दै जानुले सफलता मान्न सकिने उनको भनाइ छ ।

यसैबीच, साधारणसभामा क्यानले क्रिकेटलाई सामाजिक सञ्जालमा प्रर्वद्धन गर्न यही वर्षदेखि माकुरा क्रिएसन नामक आईटी कम्पनीसँग सम्झौता गर्न छलफल गर्नेछ । साधारणसभाको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । साधारणसभामा ८० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द