2026-08-24 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

शम्भु थापाको बहस : कसैले हात नमिलाउँदैमा सन्दीप लामिछाने दोषी हुँदैनन्

फागुन १४, काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् । सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने जिकिर गरेका हुन् ।  सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिसाएका होलान्’, इजलासमा थापाले भने, ‘ हात नमिलाउँदैमा उनी दोषी हुँदैनन् श्रीमान ।’

केही दिनअघि काठमाडौँमा भएको खेलमा स्कटीस खेलाडीहरुले सन्दीप बलात्कारमा मुछिएको भन्दै हात मिलाएका थिएनन् ।’ उनले बहसका क्रममा सन्दीपको भरपुर प्रतिरक्षा गरेका थिए । अहिले सरकारी र पीडित पक्षको बहस सकिएर सन्दीपका वकिलहरुले बहस गरिरहेका छन् । जसमा थापाले सकेका हुन् भने सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्न बाँकी छ । 

यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे । बलात्कार आरोपित  लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ