2026-08-24 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ विश्वकप: हङकङसँगको खेल जित्न नेपालले पायो १२१ रनको लक्ष्य

फागुन १५, काठमाडौँ | यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ ।

युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।

हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए ।

हङकङका लािग पाँचौ विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । आहन त्रिवेदी ११ रनमा रनआउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए । तीव्र गतिका बलर आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ