2026-09-21 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालसँग खेल्नुअघि युएईको कप्तान परिवर्तन

फागुन २२, काठमाडौं | घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई_ ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँग खेल्नुअघि कप्तान परिवर्तन गरेकोछ । नियमित कप्तान सिपी रिजवानको स्थानमा मोहम्मद वासिमलाई कप्तानी दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टसमा वासिम गएका थिए । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । सिपी रिजवानले टस अघि वासिमलाई बधाई दिएका थिए । पपुवा न्युगिनीसँग दुवै खेलमा खराब ब्याटिङ गर्दै १ सय ३१ र पाँच विकेटले पराजित भएपछि युएईले कप्तान परिवर्तन गरेको छ ।

सिपी रिजवान टोलीको प्लेइङ-११ मा भने छन् । पछिल्लो खेलमा युएई पपुवा न्युगिनीसँग ९७ रनमा अल आउट भएको थियो । मध्यक्रमका ब्याटर सिपी रिजवान गत अक्टोबरमा युएईको कप्तानमा नियुक्त भएका थिए । युएईले अहमद राजालाई हटाउँदै सिपीलाई कप्तानी दिएको थियो । उनको प्रदर्शनले कप्तानीमा भने लगातार प्रश्न उठ्दै आएको थियो ।

यता विष्फोटक ओपनर वासिमले पहिलो पटक युएईको कप्तानी अवसर पाएका छन् । पछिल्लो समय युएईबाट वासिमले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता दोस्रो टि२० आई खेलमा अफगानिस्तानलाई हराउन वासिमले ९१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गतवर्ष आइसिसी टि२० विश्वकप छनोट ए को फाइनलमा आयरल्यान्डलाई हराउन वासिमले ६६ बलमा ७ चौका र ८ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

वासिमले युएईबाट २६ ओडिआई र २३ टि२० आई खेल खेलेका छन् । पहिलो खेलमा युएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । युएईलाई शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ ।

यस खेलपछि नेपाल र पपुवा न्युगिनीसँग टियुमा दुई दुई खेल खेल्नेछ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न बाँकी तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर सबिर अलीको स्थानमा एलिशान शराफुलाई खेलाएको छ । नेपालले चोटबाट बाहिरिएका कुशल भुर्तेलको स्थानमा प्रतिश जि।सीलाई खेलाएको छ । टोलीमा अन्य परिवर्तन भने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी