2026-08-24 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युएईविरूद्ध नेपाललाई पहिलो झट्का

फागुन २२, काठमाडौं | आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालका लागि ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूआतमै आउट भएका हुन्।  अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले पहिलो पाँच ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ।

नियमित ओपनर कुशल भुर्तेल बायाँ खुट्टाको ग्रोइनमा चोटका कारण टोलीबाट बाहिरिएपछि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन्। 

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ। घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिएको छ।

प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए। प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन्।

 लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन। त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनैपर्ने हुन्छ। तर लिग-२ मा नेपालले युएईलाई हालसम्म हराएको छैन। लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ।

नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन अब बाँकी ५ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनैपर्ने दबाब छ। युएईलाई ओडिआई मान्यता सोझै जोगाउन नेपाललाई जस्तै तीन जित आवश्यक देखिन्छ।

यसअघि नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो । ६८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल जितका साथ यूएई भ्रमण टुंग्याउने लक्ष्यमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध