2026-08-24 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेयमारले पीएसजीका लागि लिलविरुद्ध खेलेको खेल नै अन्तिम हुनसक्ने

एजेन्सी | एंकल चोटको शल्यक्रिया गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन फरवार्ड नेयमारले यस सिजनको बाँकी खेल गुमाउने भएका छन्। उनले सिजनको बाँकी खेल गुमाउने पक्का भएको पीएसजीले पुष्टि गरेको हो।

फ्रेन्च लिग वानअन्तर्गत लिलविरुद्धको खेलमा उनी घाइते भएका थिए। फेब्रुअरी १९ मा भएको खेलमा पीएसजीले लिललाई ४-३ गोलअन्तरले पराजित गरेको थियो।

चोट लागेपछि नेयमारले खेलको ५१औँ मिनेटमा मैदान छाडेका थिए। गत वर्ष कतारमा भएको विश्वकपमा ब्राजिलको पहिलो खेलमा पनि उनको दाहिने खुट्टामा चोट लागेको थियो। तर, उनी दुई खेलपछि मैदान फर्किन सफल भएका थिए।

स्पोर्ट्स बाइबलका अनुसार नेयमारले पीएसजीका लागि खेलेको यही खेल नै अन्तिम हुनसक्छ। समाचारमा जनाइएअनुसार उनलाई प्रिमियर लिगका टोलीहरूले अनुबन्ध गर्ने इच्छा देखाएका छन्। बेलायती सञ्चारमाध्यमहरूका अनुसार उनलाई प्रिमियर लिगका तीन क्लब चेल्सी, न्यूक्यासल र म्यानचेस्टर सिटी भित्र्याउन इच्छुक देखिएका छन्।

गएको केही समयदेखि पीएसजीले नेयमारलाई बिक्री गर्न चाहेको चर्चा चलिरहेको छ। नेमारले पीएसजीबाट १७३ खेल खेलेका छन्। जसमा उनले ११८  गोल गरेका छन्। सन् २०२२-२३ को सिजनमा पनि नेयमारले लिग वानमा १३ गोल गर्नुका साथै १० गोलका लागि अवसर सिर्जना गरेका छन्। तर, उच्च लयमा रहेपनि पीएसजीले नेयमारलाई उचित मूल्य पाएको खण्डमा बिक्री गर्न सक्ने फ्रेन्च मिडियाहरूले समाचार प्रकाशित गरिरहेका छन्।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन यूरोमा पेरिस पुगेका हुन्। नेयमारलाई पीएसजीले वार्षिक ४० मिलियन यूरो आसपासमा पारिश्रमिक दिइरहेको छ। जसकारण पीएसजी उनलाई बिक्री गर्न चाहन्छ। पीएसजीले उनलाई सय मिलियन यूरो आसपास बिक्री गर्न चाहेको बताइन्छ। नेयमार भित्र्याउन प्रिमियर लिगका तीनै क्लब तयार रहेपनि पारिश्रमिकमा केही हेरफेर गर्नुपर्नेछ।

पीएसजी पुगेयता नेयमारले चार लिग वान उपाधि जितिसकेका छन्। यद्यपि, उनले अहिलेसम्म च्याम्पियन्स लिग भने जित्न सकेका छैनन्। पीएसजीले युरोपियन फुटबल महासंघ (युईएफए) च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बुधबार जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ। पहिलो लेगमा १-० ले पराजित भएको पीएसजीलाई नेयमारको अनुपस्थितिले थप समस्यामा पारेको छ। उनको अनुपस्थितिमा लिओनल मेस्सी र केलिन एम्बाप्पेले अग्रपंक्ति सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध