2026-09-21 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल जित नजिक, सन्दीपले लिए चौथो विकेट

फागुन २५, काठमाडौँ | विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्।

पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै नेपाल खेलमा फर्किएको थियो। त्यसपछि समालिन प्रयास गरे पनि पिएनजीले लगातार विकेट गुमाउन बाध्य भयो।

पिएनजीका लागि भने ओपनर टोनी उराले सर्वाधिक ५० रन बनाउँदा कप्तान असद भाला ४२ रनमा आउट भए। त्यस्तै किपलिङ्ग डोरिगा ४२ रनमा आउट हुँदा चार्लेस अमिनी १४ रन बनाएर आउट भएका थिए।

७ विकेट गुमाएपछि केही समय क्रिजमा रहेका पिएनजीका नोरमन भनुवा र रिले हेकुरेले ८ औँ विकेटका लागि ४१ रनको साझेदारी गरे। हेकुरे २० रनमा सन्दीप लामिछानेको बलमा आउट भएसँगै यो साझेदारीको पनि अन्त भयो। अहिले क्रिजमा भनुवा २१ रनमा खेलिरहँदा उनलाई साथ दिन एलाई नाओ क्रिजमा आएका छन्।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा कुशल मल्लले १ विकेट हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी