2026-11-02 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल जित नजिक, सन्दीपले लिए चौथो विकेट

फागुन २५, काठमाडौँ | विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्।

पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै नेपाल खेलमा फर्किएको थियो। त्यसपछि समालिन प्रयास गरे पनि पिएनजीले लगातार विकेट गुमाउन बाध्य भयो।

पिएनजीका लागि भने ओपनर टोनी उराले सर्वाधिक ५० रन बनाउँदा कप्तान असद भाला ४२ रनमा आउट भए। त्यस्तै किपलिङ्ग डोरिगा ४२ रनमा आउट हुँदा चार्लेस अमिनी १४ रन बनाएर आउट भएका थिए।

७ विकेट गुमाएपछि केही समय क्रिजमा रहेका पिएनजीका नोरमन भनुवा र रिले हेकुरेले ८ औँ विकेटका लागि ४१ रनको साझेदारी गरे। हेकुरे २० रनमा सन्दीप लामिछानेको बलमा आउट भएसँगै यो साझेदारीको पनि अन्त भयो। अहिले क्रिजमा भनुवा २१ रनमा खेलिरहँदा उनलाई साथ दिन एलाई नाओ क्रिजमा आएका छन्।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले २ विकेट तथा कुशल मल्लले १ विकेट हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द