2026-11-02 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

फागुन २८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं सफलता हात पारेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल २४८ रनमा अलआउट भएको थियो । २४९ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा यूएईको ब्याटिङ आरम्भमै धराशायी बनेको हो ।

नेपालले आज पहिलो ओभर बलिङ गर्न स्पिनर राजवंशीलाई पठाएको थियो । प्रशिक्षक र कप्तानको निर्णयलाई सही सावित गर्दै ललितले पहिलो ओभरमै नेपाललाई सफलता दिलाए । पहिलो ओभरको पाँचौ बलमा हृत्य अरविन्द ललितको बलमा बोल्ड भए ।

यसैगरी तेस्रो ओभरमा बलिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीलाई पनि सफलता मिल्यो । उनले २.४ ओभरमा आर्यन लाक्रालाई बोल्ड गरे । त्यसपछि यूएईका कप्तान मोहम्मद वसिम राजवंशीलाई ठूलो सट खेल्ने चक्करमा आउट भए । चौथो विकेटका रूपमा सोमपाल कामीले यूएईका खतरनाक ब्याट्सम्यान आसिफ खानलाई पेभिलियन पठाइदिएका छन् । नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई १४ औं ओभरको चौथो बलमा एलबीडब्लू आउट गराएका हुन् । रोहन मुस्तफाले ६ रन बनाए । 

यो समाचार बनाउँदासम्म यूएईले १४ ओभर खेलेर ५ विकेट गुमाएर ३६ रनमात्रै बनाउन सकेको छ । खासगरि नेपालका स्पिनरहरूलाई झेल्न यूएईलाई कठिन हुने देखिएको छ । आज नेपालले अतिरिक्त स्पिनरका रूपमा राजवंशीलाई टीममा समावेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द