2026-07-25 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिततर्फ नेपाल, सन्दीपले दिलाए सातौं विकेट

फागुन २८, काठमाडौँ | आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपाल युएईविरुद्ध फराकिलो जिततर्फ अग्रसर भएको छ।

युएई लगातार विकेट पतनको सिकार हुँदा नेपालले लगातार सातौं विकेट हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले सातौं विकेट लिँदा युएई ५१ रन मात्रै जोड्न सफल भएको छ।

नेपालीका लागि छैटौ तथा आफ्नो तेस्रो विकेट ललित राजवंशीले लिएका छन्। उनले युएईका आयन अफजल खानलाई २९ रनमा पभेलियन पठाएका छन्।

पाँचौ विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले युएईका रोहन मुस्ताफाको विकेट लिएका हुन्।

युएईको चौथो विकेटका रुपमा आशिफ खान १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए। उनको विकेट सोमपाल कामीले लिएका हुन्।

यस्तै, युएईले ८ रनमै तेस्रो विकेट पनि गुमाएको थियो। ललित राजवंशीले आफ्नो दोस्रो विकेट लिएका छन्। उनले युएईका कप्तान मुहम्मद वासीमको विकेट लिएका हुन्। वासीम ८ बलमा १ रन बनाउँदै आउट भएका छन्।

नेपालका लागि दोस्रो विकेट दिपन्द्रसिंह ऐरीले लिएका छन्। उनले आफ्नो पहिलो ओभरको चौथो बलमा आर्यन लाक्राको विकेट लिएका हु्न्। लाक्रा शून्य रनमा आउट भएका छन्।

यस्तै, पहिलो ओभर बलिङ गर्न आएका ललितले पाँचौ बलमा युएईका ओपनर भरिटाया अरविन्दलाई शून्य रनमा आउट गर्दै पहिलो विकेट लिएका थिए।

अझै युएईलाई जितका लागि ३१ ओभरमा १९४ रन आवश्यक छ। तर अब युएईले यो लक्ष्य भेट्न असम्भवजस्तै बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक