2026-08-24 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अब ३ खेलभित्र २ विकेट लिए सन्दीपले बनाउनेछन् छिटो १०० विकेटको विश्व कीर्तिमान

फागुन २९, काठमाडौँ | नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने विश्व कीर्तिमान बनाउने सम्भावना बलियो बनेको छ। विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि सन्दीप आफ्नो एकदिवसीय विकेटको शतकबाट दुई विकेट मात्र टाढा छन् ।

सन्दीपले ४० खेलमै ९८ विकेट लिएका छन्। अफगानिस्तानका स्टार रसिद खानको नाममा सर्वाधिक छिटो विकेटको सतक पुरा गर्ने कीर्तिमान छ।

उनले ४४ खेलमा उक्त सफलता हात पारेका थिए। यसको मतलब सन्दीपले अबका बढीमा ३ खेलमा २ विकेट मात्र लिए रसिदको किर्तिमान तोडिनेछ । सन्दीपले आठपटक कम्तिमा ४ विकेट र तीनपटक कम्तिमा ५ विकेट लिएका छन्।

धरौटीमा छुटेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सन्दीप उच्च लयमा छन्। उनले पछिल्लो एक महिनामा १० खेल खेल्दै २९ विकेट लिएका छन्। एक महिनाअघि विश्वकप लिगकै नेपालमा भएको शृंखलामा १३ विकेट लिएका सन्दीपले युएईमा सम्पन्न पछिल्लो शृंखलामा ५ विकेट हात पारेका थिए। जारी शृंखलाको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा आइतबार यूएईविरुद्ध २ विकेट हत्याए ।

सन्दीपले जारी विश्वकप लिगमा आफ्नो विकेट संख्या ७१ पुर्‍याएका छन्। उनले ३० खेलमा यो सफलता हात पारेका हुन्। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। पहिलो स्थानमा रहेका ओमानका बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका थिए।

हिजो यूएईविरुद्धको खेलमा १० ओभर बलिङ गर्न पाएको भए सन्दीपको विकेट संख्या थपिन सक्थ्यो । तर यूएई छिट्टै अलआउट भएपछि सन्दीपले ४ ओभरमात्रै बलिङ गर्न पाए । साथै, यसबीचमा केही म्याच उनले प्रहरी हिरासतमा रहेका कारण गुमाए ।

अन्यथा लिग टुमा उनी सर्वाधिक विकेटटेकर बन्न सक्ने सम्भावना थियो । उनले बिलाललाई उछिन्नका लागि अब अन्तिम खेलमा ६ विकेट लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु