2026-09-21 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलपछि सन्दीपले भने– आज र हिजोको खेलको श्रेय ललितलाई जान्छ

फागुन २९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले आफू टिममा रहेसम्म अहिलेको भन्दा राम्रो गर्ने प्रयासमा लाग्ने प्रतिक्रिया दिएका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा सोमबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीपले पाँच विकेट लिएका थिए । सन्दीपकै घातक बलिङमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीलाई नेपालले ९५ रनमै समेटेको थियो । पीएनजीविरुद्ध सन्दीपसँगै ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए ।

पीएनजीले प्रस्तुत गरेको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो । नौ विकेटको फराकिलो जितपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले टिममा अवसर पाउँदासम्म अहिलेको भन्दा अझ राम्रो प्रदर्शनको प्रयासमा लागि पर्ने बताए ।

“म आफ्नो बलिङमा रमाइरहेको छु । जति हुन सक्छ टिमलाई राम्रो गर्न खोजिरहेको हुन्छु । आउने समयमा पनि जति अवसर पाउँछु । र, जति समय मैदानमा हुन्छु त्यसबेलासम्म म टिमका लागि अहिलेको भन्दा राम्रो गर्ने प्रयास गर्नेछु,” सन्दीपले भने, “मैले बलिङ गर्ने बेलासम्म कन्डिसन सबै सहज बनिसकेको थियो । यसको श्रेय ललितलाई जान्छ । जसरी उनले बलिङ गरे । पुनरागमन गर्न सँधै कठिन हुन्छ । र, फर्किएको खेलमा पाँच विकेट लिनु र त्यसपछि आजको खेलमा तीन विकेट लिनु । यसैकारण आज र हिजोको खेलको श्रेय ललितलाई जान्छ ।”

पीएनजीविरुद्ध पाँच विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट ९८ विकेट लिइसकेका छन् । १०० विकेटको कोसेढुंगाका लागि दुई विकेट पछि रहेका सन्दीपले आफू अहिले त्यसमा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल