2026-08-24 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आसिफ बने यस वर्ष सर्वाधिक रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान

फागुन २९, काठमाडौँ | नेपालका विकेट किपर एवं ब्याट्सम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

उनले ११ खेलमा ४१० रन बनाएका छन् । विश्वकप लिग- २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा आसिफले एक शतक र एक अर्धशतक बनाइसकेका छन् ।

सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन जिल हुन् । उनले ६ खेलमा ५६७ रन जोडेका छन् ।

तेस्रो स्थानमा रहेका इङ्ल्याण्डका जोस बटलरले ६ खेलमा ३७२ रन जोडेका छन् ।

नेपालका कप्तान रोहित पौडेल ३४१ रनसहित चौथोमा छन् । ११ खेलमा ३११ रन जोडेका कुशल मल्ल सातौं र २८० रन बनाएका कुशल भुर्तेल १०औं स्थानमा छन् ।

आसिफले सोमबार पीएनजीविरुद्ध २१ बलमा अविजित ५३ रनको पाली खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ३४ खेलमा एक हजार ७३ रन जोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी एक हजार रन कटाउने २ मध्ये एक नेपाली ब्याट्सम्यान हुन् । रोहितले पनि यो सफलता हात पारेका छन् ।

आसिफको नाममा एक शतक र एक अर्धशतक रहेको छ । विश्वकप लिग- २ मा आसिफ नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २९ खेलमा ९३४ रन बनाएका छन् ।

उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ११औं स्थानमा छन् । रोहितले ३२ खेलमा ८९३ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु