१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

शव लिएर आएको एम्बुलेन्स दुर्घटना,तीन जना घाइते

९ जेष्ठ २०८२, बिहीबार १३:४०

काठमाडौँ । रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। बिहीबार बिहान १०:४५ बजे खाँडादेवी गाउँपालिका-३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।

दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेको हो। उक्त गाडीमा चार जना सवार थिए। जसमध्ये तीन जना घाइते भएको डिएसपी भट्टले बताए। एम्बुलेन्स र शव सडकमै राखिएको छ।

घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालक रामेछाप दोरम्वाशैलुङ्ग-३ बस्ने २४ वर्षीय सुरेश मगर, रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका-२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते छन्।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार