१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका छ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी

१७ जेष्ठ २०८२, शुक्रबार १४:२२
काठमाडौँ । ट्राफिक प्रहरी कार्यालय काभे्रपलाञ्चोकले ट्राफिक नियम सचेतनाका लागि विद्यालयका ६०६ शिक्षकलाई ‘प्रशिक्षक–शिक्षक’ तयार गर्ने भएको छ । यसका लागि कार्यालयले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका शिक्षकलाई दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका कक्षा सञ्चालन गर्ने योजना बनाएको हो ।
कार्यालयले स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा सम्पूर्ण विद्यालयका बालबालिकालाई ट्राफिक सचेतनासहितका कक्षा सञ्चालन गर्नेगरी विद्यालयमा प्रशिक्षक–शिक्षक तयार गर्न लागिएको जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जिल्लाका ५०८ सामुदायिक, ९६ संस्थागत र दुई धार्मिक विद्यालयका ६०६ जना शिक्षकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षक–शिक्षक तयार गरिने योजना बनाइएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा तयार गरिने शिक्षकले सोही विद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीका लागि ट्राफिक नियम तथा सचेतनाका बारेमा तालिका बनाई कक्षा सञ्चालन गर्नेछन् ।
यस्तै, कार्यालयले विद्यालयका बसमा ‘स्कुल बस निर्देशिका–२०७४’ अनुसार सञ्चालन गरे÷नगरेको अनुगमन गर्ने, निर्देशिकाअनुसार सञ्चालन नभएको पाइए चालकलाई कारबाही गर्ने, सार्वजनिक यातायातमा तोकिएका वर्गलाई छुट र आरक्षण शुल्क कार्यान्वयनबारे अनुगमन गर्ने, प्रेसर हर्न न्यूनीकरण तथा चालक र सहचालकलाई अनुशिक्षण, यान्त्रिक साधनको परीक्षण गरी प्रदूषण नियन्त्रणका लागि सक्रियता बढाउने जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु एक करोड सात लाख ६७ हजार ५०० राजस्व सङ्कलन गरेको जनाएको छ । यस अविधिमा १३ हजार ७४५ सवारीसाधन कारबाहीमा परेका छन् ।
काभ्रेपलाञ्चोकमा कुल ८५८ किलोमिटर सडकमध्ये १३२ किमी पक्की सडक, ५०४ किमी कच्ची र १२८ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का