२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका छ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी

२०८२, १७ जेष्ठ शुक्रबार १४:२२
काठमाडौँ । ट्राफिक प्रहरी कार्यालय काभे्रपलाञ्चोकले ट्राफिक नियम सचेतनाका लागि विद्यालयका ६०६ शिक्षकलाई ‘प्रशिक्षक–शिक्षक’ तयार गर्ने भएको छ । यसका लागि कार्यालयले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका शिक्षकलाई दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका कक्षा सञ्चालन गर्ने योजना बनाएको हो ।
कार्यालयले स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा सम्पूर्ण विद्यालयका बालबालिकालाई ट्राफिक सचेतनासहितका कक्षा सञ्चालन गर्नेगरी विद्यालयमा प्रशिक्षक–शिक्षक तयार गर्न लागिएको जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जिल्लाका ५०८ सामुदायिक, ९६ संस्थागत र दुई धार्मिक विद्यालयका ६०६ जना शिक्षकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षक–शिक्षक तयार गरिने योजना बनाइएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा तयार गरिने शिक्षकले सोही विद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीका लागि ट्राफिक नियम तथा सचेतनाका बारेमा तालिका बनाई कक्षा सञ्चालन गर्नेछन् ।
यस्तै, कार्यालयले विद्यालयका बसमा ‘स्कुल बस निर्देशिका–२०७४’ अनुसार सञ्चालन गरे÷नगरेको अनुगमन गर्ने, निर्देशिकाअनुसार सञ्चालन नभएको पाइए चालकलाई कारबाही गर्ने, सार्वजनिक यातायातमा तोकिएका वर्गलाई छुट र आरक्षण शुल्क कार्यान्वयनबारे अनुगमन गर्ने, प्रेसर हर्न न्यूनीकरण तथा चालक र सहचालकलाई अनुशिक्षण, यान्त्रिक साधनको परीक्षण गरी प्रदूषण नियन्त्रणका लागि सक्रियता बढाउने जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु एक करोड सात लाख ६७ हजार ५०० राजस्व सङ्कलन गरेको जनाएको छ । यस अविधिमा १३ हजार ७४५ सवारीसाधन कारबाहीमा परेका छन् ।
काभ्रेपलाञ्चोकमा कुल ८५८ किलोमिटर सडकमध्ये १३२ किमी पक्की सडक, ५०४ किमी कच्ची र १२८ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण