२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबद्वारा युवाहरूका लागि हस्पिटालिटी तालिम

१९ जेष्ठ २०८२, आईतवार १३:१०

काठमाडौँ | काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा भइरहेको ‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटी क्षेत्रमा रुचि राख्ने युवाहरूका लागि विशेष तालिमहरू नि:शुल्क प्रदान गरिरहेको छ।

अग्नि टेक्निकल इन्स्टिच्युट अन्तर्गत सञ्चालनमा रहेको इग्नाइट लर्निङ ल्याबले ‘स्किल-अप विथ इग्नाइट, स्केल-अप योर फ्युचर’ भन्ने नारासहित लक्जरी हस्पिटालिटी, फुड एन्ड बेभरेज र बार ट्रेनिङजस्ता व्यावसायिक कोर्समार्फत युवा पुस्तालाई सीप विकासमा सहयोग पुर्‍याउँदै आएको छ।

उक्त तालिम अन्तर्गत ‘फुड एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्स्पेरियन्स’, ‘मेनु तथा टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरेन्ट अपरेसन’, ‘मिक्सोलोजी तथा ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेटअप र इन्भेन्टरी कन्ट्रोल’, साथै ‘रियल-टाइम गेस्ट सर्भिस ड्रिल’ लगायतका महत्वपूर्ण विषयवस्तु समेटिएका छन्।

इग्नाइटले सहभागीहरूलाई दक्ष र अनुभवी प्रशिक्षकमार्फत प्रत्यक्ष डेमोका आधारमा तालिम दिने व्यवस्था गरेको छ। साथै, तालिमपश्चात नि:शुल्क मेन्टरिङ सेवा र इन्टर्नसिप प्लेसमेन्टको सुनिश्चितता पनि उपलब्ध गराइएको छ।

जेठ ७ गतेदेखि सुरु भएको यो मेला ३० दिनसम्म सञ्चालन हुनेछ भने हालसम्म १६ सयभन्दा बढी युवाहरूले इग्नाइट लर्निङ ल्याबद्वारा सञ्चालित तालिममा सहभागिता जनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…