३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

बागमती प्रदेश सरकारले ल्यायो चलचित्र विधेयक

२२ जेष्ठ २०८२, बुधबार १३:१७

काठमाडौं । बागमती प्रदेश सरकारले चलचित्र क्षेत्रको विकास, संरक्षण र व्यवस्थापनका उद्देश्यसहित चलचित्रसम्बन्धी विधेयक प्रदेशसभामा पेश गरेको छ। बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विधेयक प्रस्तुत गर्दै प्रदेशको धार्मिक, सांस्कृतिक, भाषिक तथा भौगोलिक पहिचानको संरक्षण, संवर्धन र प्रचारप्रसारलाई मुख्य उद्देश्यका रूपमा प्रस्तुत गरे।

मन्त्री लामिछानेका अनुसार विधेयकले प्रदेशको सञ्चित कोषलाई बलियो बनाउँदै समृद्धि र सुशासन हासिल गर्नसमेत योगदान पुर्‍याउने जस्ता लक्ष्य समेटीएको छ। विधेयक प्रस्तुत भएपछि त्यसमा सैद्धान्तिक छलफल सुरु गरिएको छ।

छलफलका क्रममा प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले प्रदेश संरचना लागू भएको सात वर्ष पुगिसकेको सन्दर्भमा चलचित्र, मनोरञ्जन तथा विज्ञापन क्षेत्रबाट उठ्न सक्ने राजस्व प्रदेशले उठाउन नसकेको अवस्था सुधार्न कानुन निर्माण आवश्यक रहेको बताए। उनले चलचित्र क्षेत्रको विकाससँगै प्रदेश र स्थानीय तहबीचको साझा अधिकारको उपयोगको अवसर रहेको धारणा राखे।

सदस्य सुरेन्द्रराज गोसाईले चलचित्रलाई सेवा उद्योगका रूपमा विकास गर्न सकेमा प्रदेशको आन्तरिक आयआर्जनमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गरे। उनले मौलिक चलचित्र निर्माण आवश्यक रहेको भन्दै संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनमा यसको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

सभा सदस्य दिनेशचन्द्र देवकोटाले चलचित्रसम्बन्धी विधेयक समयसापेक्ष र आवश्यकताको बोधका आधारमा ल्याइएको भन्दै चलचित्रप्रति रहेको नकारात्मक मानसिकता त्याग्नुपर्ने बताए।

यस्तै, सभा सदस्य छिरिङदोर्जे लामाले चलचित्र क्षेत्र एक उद्योगको रूपमा स्थापित भइसकेको र यसले अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने बताए। उनले चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा सीमित नराखी संस्कृति र मौलिक सम्पदाको प्रचारका लागि प्रयोग गर्नुपर्ने सुझाव दिए।

उनका अनुसार लामो समयदेखि चर्चामा रहेको दोलखाको डाङडुङ्गे डाँडामा फिल्म सिटी निर्माणको पहल यस विधेयकमार्फत कार्यान्वयनतर्फ अघि बढ्ने सम्भावना खुलेको छ।

हालै संघीय सरकारले पनि चलचित्र विधेयक राष्ट्रिय सभामा पेश गरेको छ, जसले समग्र मुलुकको चलचित्र क्षेत्रको नीति निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध