३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो

५ बैशाख २०८२, शुक्रबार १८:०४

काठमाडौँ | आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो आज दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिए । उनका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।

यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिङ्गो नउठेपछि स्थानीयले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा लिङ्गो उठाएर साँझ ढालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक