२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने

२०८२, १९ जेष्ठ आईतवार १५:५७

काठमाडौँ | प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै वर्गले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हरेक नेपालीले राष्ट्रका खातिर काम गर्नुपर्ने बताउनुभयो ।

देशमा गणतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत क्षेत्रमा स्रोत र साधनले भ्याएसम्म विकास–निर्माणका धेरै काम भएका बताउँदै उहाँले राजनीतिक परिवर्तनले निराशा बढायो भन्नेहरुलाई इमानदार भएर समीक्षा गर्न आग्रह गर्नुभयो ।

“देशमा कही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापनापछि देशका कति परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।”

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजसंस्था पक्षधर समूहका केही व्यक्तिले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको समृद्धि नै प्रधानमन्त्रीको एकमात्र लक्ष्य र उद्देश्य भएको उहाँको कथन थियो । उहाँले भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरुलाई जनताले चिनेका छन् ।”

समृद्ध मध्यपुर समाजले प्रकाशन गरेको ‘जेसुम यात्रा’ कविता सङ्ग्रह प्रथम महिला शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

विमोचित पुस्तकमा प्रकाशित प्रधानमन्त्री ओलीका साथै विभिन्न स्रष्टाका रचना वाचन गरिएका थिए । पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, घनश्याम खतिवडाका कविता समावेश छन् । उहाँहरूले आफ्ना सृजना सोही कार्यक्रममा वाचन गर्नुभएको थियो ।

कला, साहित्य र रङ्गमञ्चमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यही फागनु १ गते जेसुमले शङ्खधर चोकस्थित शङ्खधरको शालिकबाट सुरु गरी बालकुमारी हुँदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाको अवलोकनका क्रममा स्रष्टाहरुबाट सृजना भएका कविता, सम्पदास्थलमै कोरिएका चित्र पनि पुस्तकमा समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन