४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने

१९ जेष्ठ २०८२, आईतवार १५:५७

काठमाडौँ | प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै वर्गले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हरेक नेपालीले राष्ट्रका खातिर काम गर्नुपर्ने बताउनुभयो ।

देशमा गणतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत क्षेत्रमा स्रोत र साधनले भ्याएसम्म विकास–निर्माणका धेरै काम भएका बताउँदै उहाँले राजनीतिक परिवर्तनले निराशा बढायो भन्नेहरुलाई इमानदार भएर समीक्षा गर्न आग्रह गर्नुभयो ।

“देशमा कही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापनापछि देशका कति परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।”

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजसंस्था पक्षधर समूहका केही व्यक्तिले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको समृद्धि नै प्रधानमन्त्रीको एकमात्र लक्ष्य र उद्देश्य भएको उहाँको कथन थियो । उहाँले भन्नुभयो, “बालुवाटार घेर्छु भन्नेहरुलाई जनताले चिनेका छन् ।”

समृद्ध मध्यपुर समाजले प्रकाशन गरेको ‘जेसुम यात्रा’ कविता सङ्ग्रह प्रथम महिला शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

विमोचित पुस्तकमा प्रकाशित प्रधानमन्त्री ओलीका साथै विभिन्न स्रष्टाका रचना वाचन गरिएका थिए । पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, घनश्याम खतिवडाका कविता समावेश छन् । उहाँहरूले आफ्ना सृजना सोही कार्यक्रममा वाचन गर्नुभएको थियो ।

कला, साहित्य र रङ्गमञ्चमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यही फागनु १ गते जेसुमले शङ्खधर चोकस्थित शङ्खधरको शालिकबाट सुरु गरी बालकुमारी हुँदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाको अवलोकनका क्रममा स्रष्टाहरुबाट सृजना भएका कविता, सम्पदास्थलमै कोरिएका चित्र पनि पुस्तकमा समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता