१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन

१६ बैशाख २०८२, मंगलवार १२:०८

काठमाडौँ | चितवन र मकवानपुरका ५० युवालाई मागमा आधारित जीविकोपार्जन कार्यक्रममा सहभागी गराइएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कृषि विकास कार्यालय चितवनले दुई जिल्लाका विपन्न एवं अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, एकल महिला, दलित एवं पिछडिएका जातजाति, उक्त बाहुल्य सङ्ख्यकबाट गठित कृषि समूह, कृषि सहकारी तथा फार्ममा सहभागी युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो ।

कार्यालयका कृषिविज्ञ निर्मल पौडेलका अनुसार यस कार्यक्रममा विशेषगरी चेपाङ समुदायलाई लक्षित गरी सहभागिता गराइएको छ । गत आवमा ३० र चालु आवमा २० जना युवालाई यस कार्यक्रममा सहभागी गराइएको हो । उनीहरूलाई व्यावसायिक मौरीपालनतर्फ केन्द्रित गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवनको राप्ती नगरपालिकाका र मकवानपुरको राकसिराङ गाउँपालिकाका युवालाई यस कार्यक्रममा समेटेका छौँ ।” राप्ती नगरपालिकाको कोर वाङ्गसेलिङ्ग र परेवाकोटका युवा समेटिएको उहाँले जानकारी दिनुभयो । चिउरीखेती हुने भएकाले त्यस क्षेत्रका युवालाई मह उत्पादनमा सहयोग गरिएको हो ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार प्रतिव्यक्ति रु एक लाख नबढाई ८५ प्रतिशत अनुदानमा युवालाई जीविकोपार्जनमा सहयोग गरिएको छ । चालु आवमा ४४ युवाको आवेदन परेकामा तीमध्ये छनोट गरेर कार्यविधिमा परेका युवालाई यस कार्यक्रममा जोडिएको छ । यस कार्यक्रमका लागि अन्य तह र कार्यक्रमबाट दोहोरो सुविधा नलिएका समूहलाई यस कार्यक्रममा सहभागी गराइएको कँडेलले बताउनुभयो ।

कार्यक्रममा सहभागीले उन्नत कृषि प्रविधि अनुशरण गर्न अग्रसर गराउने, तीन वर्षसम्म व्यवसायलाई निरन्तरता दिनुपर्ने हुन्छ । यस कार्यक्रमले युवालाई व्यावसायिक कृषितर्फ आकर्षण गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का