१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

जोखिममा रहेका सात वटा गुँडबाट गोहीको अण्डा सङ्कलन

१७ बैशाख २०८२, बुधबार १४:२२

काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको छ । निकुञ्जले घडियाल गोहीको गुँड खोजी गरी अण्डा सङ्कलन गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी तीमध्ये सात वटाबाट अण्डा सङ्कलन गरिएको हो । ती गुँडमा रहेका दुई सय ३२ वटा अण्डा सङ्कलन गरी गोही प्रजनन केन्द्रमा ल्याइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो ।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ वटाका अण्डा निकालिएको थियो । यस वर्ष राप्ती नदीको पूर्वबाट अण्डा सङ्कलन सुरु गरिएको थियो । गत वर्ष दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “गोहीको प्राकृतिक रूपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा सङ्कलन गरेर गोही प्रजनन केन्द्रमा ल्याउने गरेका छौँ ।”

गोहीको अण्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि तापक्रम नमिल्ने भएकाले अण्डा सङ्कलन गरेर केन्द्रमा ल्याउने गरिन्छ । प्राकृतिक रूपमा बच्चा कोरल्नका लागि छोडिँदा सर्प, चराहरू र अन्य जनावारबाट हानिनोक्सानी हुने र कतिपय गुँड नदीमा बाढी आउँदा बगाउने भएकाले अण्डा सङ्कलन गर्ने गरिएको उहाँले बताउनुभयो । अण्डा सङ्कलनका लागि निकुञ्जका छ जना कर्मचारी सहभागी छन् ।

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गर्दछ । कोरलिएका बच्चाहरू हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ । यहाँ हुर्किनका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण पुनः फर्किएर आउन नसक्ने समस्या रहेको निकुञ्जका सूचना अधिकारी मगरको भनाइ छ ।

कतिपय गोही माछा मार्न प्रयोग हुने तियारी जालमा फसेर मर्ने गरेका छन् । नदीजन्य पदार्थ उत्खननलगायत मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव