२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

विदेशबाट फर्किएर मौरीपालन

१८ बैशाख २०८२, बिहीबार १६:०१

काठमाडौँ | पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत छ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नुभएको हो ।

राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फकिनुभएको र उहाँ नेपाल आएर मौरीपालन व्यवसायमा लाग्नुभएको हो । उहाँले करिब २५ घारबाट सुरु गर्नुभएको मौरीपालन व्यवसाय अहिले १३५ घार पु¥याउनुभएको छ । विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ ।” परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्नुभएको छ । आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उहाँले मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, “नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।”

मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उहाँले बताउनुभयो । चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उहाँको भनाइ छ ।

आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गर्नुभएका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आउनुभएको छ । घारलाई बढाएर १५० पु¥याउने योजना उहाँको रहेको छ । सुरुआतमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश हुनुभएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उहाँले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि बढाउनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फकिएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव