२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अन्तरराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु

१८ बैशाख २०८२, बिहीबार १६:५४

काठमाडौँ | यहाँको भरतपुर महानगरपालिकामा आजदेखि दोस्रो अन्तरराष्ट्रिय मानसिक सम्मेलन सुरु भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सो सम्मेलनको उद्घाटन गर्दै भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्पका साथ सबै जुट्न आग्रह गर्नुभयो । उहाँले अरु विशेषज्ञ सेवा लिने थलोका रूपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेडिकल सिटीमा अर्काे एउटा आयाम थप्न हामी इच्छुक र तत्पर छौँ ।”

सम्मेलनको निष्कर्षलाई नीति निर्माणको तहमा पु-याउन र कार्यान्वयन गर्न सबैले योगदान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा सुरु भएको सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सीमित स्रोत र साधनको भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । मानसिक स्वास्थ्य उपचारको समुदायस्तरमा अझै पहुँच पुग्न नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “यो सम्मेलनले समाजको तल्लो तहसम्म सन्देश प्रवाह गर्ने छ, र केही हदसम्म भएपनि मानसिक समस्या न्यूनीकरण गर्न भूमिका निर्वाह गर्नेछ ।”

दाङ्को घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले देशको विकास सूचक त्यहाँका जनताको स्वास्थ्य भएको उल्लेख गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्ध देश बनाउन सकिने बताउनुभयो । कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “आफूले जानेको सीप र ज्ञान समाजमा दिनका लागि कार्यक्रम फलदायी हुने छ ।” कार्यक्रम संयोजक श्रीधर पौडेलले विकसित देशमा पनि मानसिक रोग विकराल रूपमा रहेकाले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हट्दै गएको बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको उपकुलपति डा प्रदिप ज्ञवाली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा शैलेन्द्र अधिकारी, डा सिम्रन चौधरीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाललगायतका देशका सहभागी छन् । सम्मेलनमा ६० भन्दा बढी कार्यपत्र प्रस्तुती र १०० भन्दाबढी वक्ताले मानसिक स्वास्थ्यका बारेमा चर्चा गर्ने जनाइएको छ । “समुदायका लागि सामुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य” भन्ने नाराका साथ सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ । सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक सङ्घ संस्था र स्वास्थ्य शिक्षाका विद्यार्थीसमेत सहभागी छन् ।

चितवन मेडिकल कलेज, नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वदेशी र केही विदेशी संस्थासमेतको सहकार्यमा सम्मेलन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता