४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

१२ जेष्ठ २०८२, आईतवार १४:०१

काठमाडौँ | जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् ।

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो ।” मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । “यहाँ कतै मकै पाकेको छभने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो”, चौहानले भन्नुभयो, “जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।” धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो ।

अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ । मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्‍याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिनुभयो । उहाँका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्‍याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।

चौहानले पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीरोका बारेमा बुझ्न र केही समय बारी खाली राख्न सुझाव दिनुभयो ।

उहाँले मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता