२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सोक्लामा चट्टान आरोहण महोत्सव हुने

१५ बैशाख २०८२, सोमबार १५:५१

काठमाडौँ | सोक्ला उपत्यकामा चट्टान आरोहण महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिका–२ मा चट्टान आरोहण महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा साहसिक चट्टान आरोहणको हबको रूपमा सोक्ला उपत्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने महोत्सव आयोजना गर्न लागिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र विभिन्न स्थानीय तहको सहकार्यमा यही वैशाख २० र २१ गते चट्टान आरोहण महोत्सव हुन लागेको हो ।

“साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा चट्टान आरोहण थालिएको हो”, उहाँले भन्नुभयो, “सोक्ला र चक्पा क्षेत्रमा गुमडाँडाको भिर पर्छ । यही प्राकृतिक चट्टानलाई आरोहण गन्तव्य बनाउन ण्महोत्सव आयोजना गरेका हौँ ।”

सोक्ला र चक्पाको भिरमा आयोजना गरिने चट्टान आरोहणका लागि बाटो तयार गरिएको छ । यस वर्ष चट्टान बाटो सय मिटरको उचाइमा पु¥याउने लक्ष्य रहेको समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशङ्कर शृङ्खला हेर्न तथा धार्मिक अध्ययन अनुसन्धानका लागि प्रसिद्ध छ ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेको छ । सो अवसरमा चट्टान आरोहण प्रतियोगिता गराइने छ । सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…