२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सोक्लामा चट्टान आरोहण महोत्सव हुने

२०८२, १५ बैशाख सोमबार १५:५१

काठमाडौँ | सोक्ला उपत्यकामा चट्टान आरोहण महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिका–२ मा चट्टान आरोहण महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा साहसिक चट्टान आरोहणको हबको रूपमा सोक्ला उपत्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने महोत्सव आयोजना गर्न लागिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र विभिन्न स्थानीय तहको सहकार्यमा यही वैशाख २० र २१ गते चट्टान आरोहण महोत्सव हुन लागेको हो ।

“साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा चट्टान आरोहण थालिएको हो”, उहाँले भन्नुभयो, “सोक्ला र चक्पा क्षेत्रमा गुमडाँडाको भिर पर्छ । यही प्राकृतिक चट्टानलाई आरोहण गन्तव्य बनाउन ण्महोत्सव आयोजना गरेका हौँ ।”

सोक्ला र चक्पाको भिरमा आयोजना गरिने चट्टान आरोहणका लागि बाटो तयार गरिएको छ । यस वर्ष चट्टान बाटो सय मिटरको उचाइमा पु¥याउने लक्ष्य रहेको समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशङ्कर शृङ्खला हेर्न तथा धार्मिक अध्ययन अनुसन्धानका लागि प्रसिद्ध छ ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेको छ । सो अवसरमा चट्टान आरोहण प्रतियोगिता गराइने छ । सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समाजका अध्यक्ष पाख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा