पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गर"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हल्का जुँगा पालेको केटा मन पर्छ: सन्ध्या पौडेल

२०७३, १७ पुष आईतवार ०७:३९

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गरेकी उनले दर्जनबढी गीतमा मोडलिङ गरिसकेकी छिन् । सन्ध्या अहिले भोजपुरी, नेपाली, राजवंशी गरी ३ वटा भाषामा डविङ भईरहेको ‘सल्मा’ नामको फिल्ममा व्यस्त छिन् । भबिस्यमा राम्रो सम्भाबना बोकेकी डान्सर पनि हुन उनि । थुप्रै स्टेज कार्यक्रममा ब्यस्त उनि दर्शकको माया हौसलाले झन् राम्रो गर्ने प्रयास गर्दै गएको बताउछिन् ।  स्वदेश एवं विदेशका धेरै स्टेजमा धुम मच्चाएकी उनी  स्टेजमा नाँच्दा छुट्टै मज्जा आउने बताउँछिन् । म्युजीक भीडियोमा मोडलिङबाट फिल्ममा काम गर्न थालेकी सन्ध्या  फिल्मको विषय कस्तो छ समेत नसोधी काम नगर्ने बताउछिन् ।

रिलमा धेरैसँग प्रेम गरेकी रश्मीले रियलमा आजसम्म आफुलाई माया गर्ने मान्छे भेटेकी नभेटेको बताउछिन् । प्रेम र विवाहको वारेमा सोच्नसम्म नभ्याएको धारणा राख्ने सन्ध्याले अभिनयवाट सफलता पाएपछी मात्रै विवाह गर्ने बताइन् । ‘यही फिल्डमा नाम चलेपछी मात्र  घरवार जोड्छु ’ उनी भन्छिन् । धेरै हाइफाइ पुरुष उनलाई मन नपने उनलाई समान्य खालको ठिक्क बोल्ने पुरुष मनपर्ने सुनाउछिन् । हल्का पालतो जुँगा पालेको पुरुषहरु  केहीवेर हेरीरहु लाग्ने हुने भन्दे उनी भन्छिन् ‘मलाई  हल्का जुगा पालेको केटा मन पर्छ ।’ उनै मोड तथा नायीक सन्ध्या पौडेलसंग गरिएको ‘टी टक’ यस्तो छ ।


बिहान कति बजे उठ्नुहुन्छ ?

त्यस्तै ७ , ८ बज्छ ।


ब्रेकफाष्ट के खानुहुन्छ ?

अहिले हल्का ज्यान घटाउने योजनामा छु । त्यहि अनुसारको खान्छु । यहि भन्ने छैन । जे पनि हुनसक्छ ।


घरको काम कत्तिको गर्नुहुन्छ ?

खाना बनाउन त्यति भ्याउँदिन । मलाई कोठा र्साहै चिटिक्क बनाउनुपर्छ । अरुले गरेको चित्तै बुझ्दैन । म आफै मिलाउछु । लुगा पनि म आफैं धुन्छु, अरुले धोएको चित्तै बुझ्दैन ।


आजको कार्यक्रम के छ ?

अहिले १२ बजे एउटा कार्यक्रम छ ।  त्यसपछि नयां वर्षको कार्यक्रममा  जानु छ । अनि केहि साथीहरुसँग भेटघाट पनि छ ।


फेसवुक कत्तिको चलाउनुहुन्छ ?

यति नै भन्ने छैन । कम्तिमा पनि एक घन्टामा अपडेट भइरहेकी हुन्छु ।


कतिलाई ब्लक गर्नु भयो होला ?

नराम्रो कमेन्ट गर्नेहरु साथी छन् भने हटाइहाल्छु । महिनामा ३ देखि ४ जना सम्म हुन्छन् मेरो लिष्टवाट बाहिरिने ।


कमाई कत्ती हुन्छ ?

कमाई त कसरि भन्नु फिक्स जागिर छैन । म्युजिक भिडियो र चलचित्रमा काम गरेवापत कमाई हुन्छ ।


कलाकारलाई कत्तिको र्गाहो छ, काठमाडौंमा बाँच्न ?

कुरै नगर्नुस् । जहाँ पायो त्यहि खान नहुने, जस्तो पायो त्यस्तै लाउन नहुने । एउटा कार्यक्रममा जाँदा लगाएको डे्रस अर्को कार्यक्रममा जाँदा लाउन पाईदैन । पब्लिक फिगर भएपछि धेरै कुरा विचार पुर्याउनुपर्ने रहेछ । गाह्रो छ ।


काठमाडौको के कुराले दिक्क बनाउँछ ?

मलाई ट्राफिक जाम देख्दा साह्रै दिक्क लाग्छ ।  जाम र धुलोले हैरान बनाउछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह