पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गर"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हल्का जुँगा पालेको केटा मन पर्छ: सन्ध्या पौडेल

१७ पुष २०७३, आईतवार ०७:३९

पछिल्लो समयकी ब्यस्त मोडल हुन् सन्ध्या पौडेल । ‘कोही भन्छन् मलाई स्वर्गकी परी’ ‘जाउला कान्छी जलजला, ‘मेरो मन त डुविरहने’ श्रोताले धेरै रुचाएका आधुनीक गीतमा नृत्य तथा अभनिय गरेकी उनले दर्जनबढी गीतमा मोडलिङ गरिसकेकी छिन् । सन्ध्या अहिले भोजपुरी, नेपाली, राजवंशी गरी ३ वटा भाषामा डविङ भईरहेको ‘सल्मा’ नामको फिल्ममा व्यस्त छिन् । भबिस्यमा राम्रो सम्भाबना बोकेकी डान्सर पनि हुन उनि । थुप्रै स्टेज कार्यक्रममा ब्यस्त उनि दर्शकको माया हौसलाले झन् राम्रो गर्ने प्रयास गर्दै गएको बताउछिन् ।  स्वदेश एवं विदेशका धेरै स्टेजमा धुम मच्चाएकी उनी  स्टेजमा नाँच्दा छुट्टै मज्जा आउने बताउँछिन् । म्युजीक भीडियोमा मोडलिङबाट फिल्ममा काम गर्न थालेकी सन्ध्या  फिल्मको विषय कस्तो छ समेत नसोधी काम नगर्ने बताउछिन् ।

रिलमा धेरैसँग प्रेम गरेकी रश्मीले रियलमा आजसम्म आफुलाई माया गर्ने मान्छे भेटेकी नभेटेको बताउछिन् । प्रेम र विवाहको वारेमा सोच्नसम्म नभ्याएको धारणा राख्ने सन्ध्याले अभिनयवाट सफलता पाएपछी मात्रै विवाह गर्ने बताइन् । ‘यही फिल्डमा नाम चलेपछी मात्र  घरवार जोड्छु ’ उनी भन्छिन् । धेरै हाइफाइ पुरुष उनलाई मन नपने उनलाई समान्य खालको ठिक्क बोल्ने पुरुष मनपर्ने सुनाउछिन् । हल्का पालतो जुँगा पालेको पुरुषहरु  केहीवेर हेरीरहु लाग्ने हुने भन्दे उनी भन्छिन् ‘मलाई  हल्का जुगा पालेको केटा मन पर्छ ।’ उनै मोड तथा नायीक सन्ध्या पौडेलसंग गरिएको ‘टी टक’ यस्तो छ ।


बिहान कति बजे उठ्नुहुन्छ ?

त्यस्तै ७ , ८ बज्छ ।


ब्रेकफाष्ट के खानुहुन्छ ?

अहिले हल्का ज्यान घटाउने योजनामा छु । त्यहि अनुसारको खान्छु । यहि भन्ने छैन । जे पनि हुनसक्छ ।


घरको काम कत्तिको गर्नुहुन्छ ?

खाना बनाउन त्यति भ्याउँदिन । मलाई कोठा र्साहै चिटिक्क बनाउनुपर्छ । अरुले गरेको चित्तै बुझ्दैन । म आफै मिलाउछु । लुगा पनि म आफैं धुन्छु, अरुले धोएको चित्तै बुझ्दैन ।


आजको कार्यक्रम के छ ?

अहिले १२ बजे एउटा कार्यक्रम छ ।  त्यसपछि नयां वर्षको कार्यक्रममा  जानु छ । अनि केहि साथीहरुसँग भेटघाट पनि छ ।


फेसवुक कत्तिको चलाउनुहुन्छ ?

यति नै भन्ने छैन । कम्तिमा पनि एक घन्टामा अपडेट भइरहेकी हुन्छु ।


कतिलाई ब्लक गर्नु भयो होला ?

नराम्रो कमेन्ट गर्नेहरु साथी छन् भने हटाइहाल्छु । महिनामा ३ देखि ४ जना सम्म हुन्छन् मेरो लिष्टवाट बाहिरिने ।


कमाई कत्ती हुन्छ ?

कमाई त कसरि भन्नु फिक्स जागिर छैन । म्युजिक भिडियो र चलचित्रमा काम गरेवापत कमाई हुन्छ ।


कलाकारलाई कत्तिको र्गाहो छ, काठमाडौंमा बाँच्न ?

कुरै नगर्नुस् । जहाँ पायो त्यहि खान नहुने, जस्तो पायो त्यस्तै लाउन नहुने । एउटा कार्यक्रममा जाँदा लगाएको डे्रस अर्को कार्यक्रममा जाँदा लाउन पाईदैन । पब्लिक फिगर भएपछि धेरै कुरा विचार पुर्याउनुपर्ने रहेछ । गाह्रो छ ।


काठमाडौको के कुराले दिक्क बनाउँछ ?

मलाई ट्राफिक जाम देख्दा साह्रै दिक्क लाग्छ ।  जाम र धुलोले हैरान बनाउछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली