१ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद

२२ कार्तिक २०८१, बिहीबार १३:३८

काठमाडौँ | तीन जनाको नक्कली कागजपत्र बनाएर जापान लगेको कुरा बाहिरिएसँगै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

कार्तिक १३ जापान उड्ने विषय उनकै मन्त्रालयलाई समेत जानकारीमा आएको थिएन । जापानको एक कार्यक्रमको निमन्त्रण पत्र मन्त्रालयका कर्मचारी देखाउँदै जापान जान सकिने बताएका मन्त्री अधिकारी अन्ततः आफ्नै मन्त्री पदबाट बाहिरिनु परेको हो ।

आन्तरिक मामिला मन्त्रालयका कानुन उपसचिव विश्वदीप बेस्राका अनुसार सुरुमा मन्त्री अधिकारीलाई तिहारको अन्तिम समयमा विदेश भ्रमणमा नजान अनुरोध गरिएको थियो ।

बेस्राले भने, ‘मन्त्री अधिकारी काठमाडौंबाट फर्कनेमा विश्वस्त हुनुहुन्थ्यो । तर अन्तिम समयमा के भयो, काठमाडौंबाट एकाएक जापान पुग्नुभएको थियो । उहाँले जसले निमन्त्रणा गरेको थियो त्यसबारे मन्त्रालयलाई औपचारिक जानकारी भने थिएन । उहाँले बिदा सुरु भएको अवस्था सोचेर त्यसबारे गम्भीर हुनु भएन कि?’

कानुन उपसचिव बेस्राका अनुसार अधिकारीसँगै कार्तिक १३ गते जापान पुगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका जनक राईले बोकेको मन्त्रालयको परिचयपत्रसमेत नक्कली रहेको छ ।

अधिकारीसँगै जापान पुगेका तीनजनालाई जापानको अध्यागमनले डिपोट गरेको थियो । यसक्रममा उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको बताइएको छ । तर, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हवीन्द्र बोगटीले उक्त मुद्दा सिआइबीले नहेरेको र आफूलाई जानकारी नभएको बताए ।

डिपोट भएर फर्किएकाहरुको बयानसँगै नुवाकोटका जुगल रिजाल, दोलखाका बीरबहादुर र धादिङका महेश पाण्डेलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुको कागजात पत्र रिजाल, वीरबहादुर र पाण्डेले बनाइदिएको खुलेको छ ।

तिहारको पूर्वसन्ध्यामा अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फोनमार्फत जानकारी गराएको बताइएको छ । तर, मुख्यमन्त्री कार्कीले प्रक्रिया नपुर्याई नजान सुझाव दिएका थिए ।

घटना सार्वजनिक भइसकेपछि मन्त्री अधिकारीले बुधबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसैगरी, उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेर आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताए चैत मसान्तसम्म २९ प्रतिशतमा विकास खर्च खुम्चियाे एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गरेका एक पसललाई २ लाख जरिवाना आज भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हर्सोउल्लासका साथ मनाइँदै कांग्रेसका नेता कोइरालाले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरे नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु परराष्ट्रमन्त्री आरजु राणासहित १५ देशका राजदूत कन्याममा प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरे संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाइ गरिए आन्दोलन गर्ने चेतावनी दियो मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरे प्रधानमन्त्री ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए रवि लामिछाने थुनाः सर्वोच्च अदालतले मगायो उच्चको कैफियत प्रतिवेदन नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, अधिकांश पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए नेप्से परिसूचक आठ अङ्कले घट्यो करेन्ट लागेर २ जनाको मृत्यु लागुऔषध र अवैध पेस्तोलसहित एक जना भारतीय नागरि पक्राउ