२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि भैरहवामा नियमित उडान गर्दै कतार एयरवेज

२०८१, २६ कार्तिक सोमबार १३:४६

काठमाडौँ | कतार एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट उडान भर्ने भएको छ ।

नोभेम्बर १२ अर्थात् भोलि मंगलबारदेखि ३० गतेसम्म १९ वटा उडान गर्ने गरी कतार एयरवेजले अनुमति पाएको जीबीआईएले जनाएको छ ।

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले मंगलबारदेखि कतार एयरवेजले हप्तामा सातै दिन दोहा–भैरहवा–काठमाडौं-दोहा उडान गर्ने बताए ।

कतार एयरवेजको जहाज दिउँसो २:४५ मा भैरहवा अवतरण हुनेछ । भैरहवामा दुई घण्टा बसरे ४:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने छ । काठमाडौंबाट साँझ ६:५५ बजे दोहा प्रस्थान गर्ने तालिका छ।

योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फलाई दुबई र थाइ एयर एशियाले उडान थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा