२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग

२०८१, १६ मंसिर आईतवार १४:५६

पोखरा | पोखरा महानगरपालिका-२५ याम्दीकी सामाजिक अभियन्ता र टिकटकर गिभिना मगरको परिवारमा दुःखद घटना घटेको छ। उनका २६ वर्षीय भाइ रामबहादुर बुढाले आमाको अकाल मृत्युको पीडा सहन नसकी आत्महत्या गरेका छन्।

टिकटक अभियन्ता गिभिना मगरको दुइटा माइती छन् । परिवारका धेरैजसो सदस्यहरु  ‘माथिल्लो घर’ मा बस्छन् । शुक्रबार बेलुकीपख गिभिनाका भाइ २६ वर्षीय रामबहादुर बुढाले आफ्नो बाबु र आमालाई कतैबाट स्कुटरमा ल्याएर माथिल्लो घर नजिकै सडक छेउमा ओराले । आफू ‘तल्लो घर’ गएर फर्किन्छु भनेर निस्किए ।

गिभिनाका बाबुआमालाई घर पुग्न बाटो क्रस गर्नुपर्ने थियो । उनीहरु दुवै जेब्रा क्रसबाट बाटो काट्दै थिए । ५५ वर्षीया धनकुमारी बुढा अघिअघि र उनका श्रीमान पछिपछि थिए । सीसीटीभीमा देखिएअनुसार फराकिलो सडकमा गाडीहरु स्पीडमा आइरहँदा श्रीमान रोकिए, तर धनकुमारी सडक पार गर्न अचानक दौडिइन् । उनलाई ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसमै ठक्कर दियो । धनकुमारी गम्भीर घाइते भइन् । उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले धनकुमारीको निधन भएको घोषणा गरे।

आमाको निधनपछि विक्षिप्त बनेका रामबहादुरले आफूले साथ दिन सकेको भए यस्तो दुर्घटना नहुने सोचेर गहिरो आत्मग्लानी महसुस गरेका थिए। अस्पतालमै आमाको शवलाई बिलौना गर्दै उनले “ममी, तपाईं जानुभयो, म पनि आउँदैछु” भनेका थिए।

राति परिवारका सबै सदस्यले गिभिनालाई आमाको निधनको कुरा नगरी घर फर्काए। तर, रामले माथिल्लो घरमा जान अस्वीकार गर्दै तल्लो घरमा एक्लै बस्ने बताए। त्यसपछि उनले कसैको सम्पर्क स्वीकार गरेनन्।

बिहानको समय तल्लो घर पुग्दा राम आफ्नै आमाको रगत लागेको सलको प्रयोग गरी झुन्डिएको अवस्थामा फेला परे। घटनापछि गिभिनाले भाइको खोजीका लागि रातभर सामाजिक सञ्जालमा गुहार गरेकी थिइन्।

गिभिनाको जीवनमा यो घटना विवाहको एक हप्ताभित्रै भएको थियो। वैवाहिक खुसीको सुरुवातमै अकल्पनीय वियोग सहनु परेको छ।

पोखरा महानगरपालिका-२५ का वडाध्यक्ष मोतीलाल तिमल्सिनाका अनुसार आत्महत्याको कारण पारिवारिक दु:ख र मातृवियोग रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। राम बहादुर विवाहित थिए र उनका श्रीमती र एक बच्चा छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला