२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग

१६ मंसिर २०८१, आईतवार १४:५६

पोखरा | पोखरा महानगरपालिका-२५ याम्दीकी सामाजिक अभियन्ता र टिकटकर गिभिना मगरको परिवारमा दुःखद घटना घटेको छ। उनका २६ वर्षीय भाइ रामबहादुर बुढाले आमाको अकाल मृत्युको पीडा सहन नसकी आत्महत्या गरेका छन्।

टिकटक अभियन्ता गिभिना मगरको दुइटा माइती छन् । परिवारका धेरैजसो सदस्यहरु  ‘माथिल्लो घर’ मा बस्छन् । शुक्रबार बेलुकीपख गिभिनाका भाइ २६ वर्षीय रामबहादुर बुढाले आफ्नो बाबु र आमालाई कतैबाट स्कुटरमा ल्याएर माथिल्लो घर नजिकै सडक छेउमा ओराले । आफू ‘तल्लो घर’ गएर फर्किन्छु भनेर निस्किए ।

गिभिनाका बाबुआमालाई घर पुग्न बाटो क्रस गर्नुपर्ने थियो । उनीहरु दुवै जेब्रा क्रसबाट बाटो काट्दै थिए । ५५ वर्षीया धनकुमारी बुढा अघिअघि र उनका श्रीमान पछिपछि थिए । सीसीटीभीमा देखिएअनुसार फराकिलो सडकमा गाडीहरु स्पीडमा आइरहँदा श्रीमान रोकिए, तर धनकुमारी सडक पार गर्न अचानक दौडिइन् । उनलाई ग २ ख १४६० नम्बर ट्रकले जेब्रा क्रसमै ठक्कर दियो । धनकुमारी गम्भीर घाइते भइन् । उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले धनकुमारीको निधन भएको घोषणा गरे।

आमाको निधनपछि विक्षिप्त बनेका रामबहादुरले आफूले साथ दिन सकेको भए यस्तो दुर्घटना नहुने सोचेर गहिरो आत्मग्लानी महसुस गरेका थिए। अस्पतालमै आमाको शवलाई बिलौना गर्दै उनले “ममी, तपाईं जानुभयो, म पनि आउँदैछु” भनेका थिए।

राति परिवारका सबै सदस्यले गिभिनालाई आमाको निधनको कुरा नगरी घर फर्काए। तर, रामले माथिल्लो घरमा जान अस्वीकार गर्दै तल्लो घरमा एक्लै बस्ने बताए। त्यसपछि उनले कसैको सम्पर्क स्वीकार गरेनन्।

बिहानको समय तल्लो घर पुग्दा राम आफ्नै आमाको रगत लागेको सलको प्रयोग गरी झुन्डिएको अवस्थामा फेला परे। घटनापछि गिभिनाले भाइको खोजीका लागि रातभर सामाजिक सञ्जालमा गुहार गरेकी थिइन्।

गिभिनाको जीवनमा यो घटना विवाहको एक हप्ताभित्रै भएको थियो। वैवाहिक खुसीको सुरुवातमै अकल्पनीय वियोग सहनु परेको छ।

पोखरा महानगरपालिका-२५ का वडाध्यक्ष मोतीलाल तिमल्सिनाका अनुसार आत्महत्याको कारण पारिवारिक दु:ख र मातृवियोग रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। राम बहादुर विवाहित थिए र उनका श्रीमती र एक बच्चा छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो