८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा)

२७ मंसिर २०८१, बिहीबार १४:२२

काठमाडौँ | अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले फिल्म ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्ने भएका छन्।

ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकामा केदार अनुबन्धित भएका हुन्।

निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम र शीर्ष कलाकारबारे जानकारी दिएको हो। मुनाल घिमिरेको निर्माण रहने फिल्मको कथा सामीप्यराज तिमल्सिनाले लेखेका हुन्।

आगामी फागुन १ गतेबाट फिल्मको छायांकन सुरू गर्ने जनाइएको छ। आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदार बाहेक अन्य कलाकार छनौटको क्रममा छन्।

फिल्म कमेडी कथावस्तुमा बन्न लागेको जनाइएको छ।

यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन्। उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो।

केदार यतिबेला फिल्म ‘जेरी-अन टप’ को छायांकनमा छन्। उनले अर्को फिल्म ‘माइतीघर’ पनि साइन गरिरहेका छन्। त्यस्तै, फिल्म ‘कंगारू’ मा पनि उनले काम गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता