२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय अर्बपति अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिए

१ पुष २०८१, सोमबार १६:०६

काठमाडौँ | यो वर्षको सुरुवातमा भारतीय अर्बपति मुकेश अम्बानीका छोराको भव्य बिहेले संसारभर चर्चा कमायो। मुम्बईदेखि इटलीको रिभिएरासम्म ७ महिना लामो यो उत्सवमा पाहुनाहरूलाई मनोरञ्जन गराउन रिहान्नादेखि जस्टिन बिबरसम्मलाई बोलाइएको थियो। अनुमानित ६० करोड डलर खर्च भएको यो बिहेले भारतका महाधनीहरूको आत्मविश्वास झल्काएको थियो। तीव्र गतिमा विस्तार भइरहेको अर्थतन्त्रले उनीहरूको सम्पत्ति थप वृद्धि गरिरहेको आभास गराएको थियो।

तर, ६ महिनापछि परिदृश्य बदलिएको छ। भारतका दुई ठूला अर्बपति, रिलायन्स इन्डस्ट्रिज लिमिटेडका प्रमुख मुकेश अम्बानी र अदानी ग्रुपका संस्थापक गौतम अदानी, दुबै चुनौतीहरूको सामना गरिरहेका छन्। यी समस्याहरूले उनीहरूको व्यवसाय र व्यक्तिगत सम्पत्तिमा ठूलो असर पारेका छन्।

गौतम अदानीले अमेरिकी सरकारको भ्रष्टाचारको आरोप खेपिरहेका छन्। यसअघि, हिन्डेनबर्ग रिसर्चले अदानीका कम्पनीहरूमाथि ठगी र आर्थिक अपचलनका आरोप लगाएपछि उनको समूहलाई ठूलो धक्का लागेको थियो। लगानीकर्ताको विश्वास जित्ने प्रयास गरिरहेका अदानीमाथि नयाँ आरोपले समस्या थपेको छ।

अदानीले यी आरोपहरूको खण्डन गर्दै कानूनी रूपमा सामना गर्ने प्रतिवद्धता जनाएका छन्। यद्यपि, यी घटनाले अदानी समूहको सेयर मूल्यमा नकारात्मक प्रभाव पारेको छ। हिन्डेनबर्गको आरोपअघि १२२.३ अर्ब डलर रहेको अदानीको सम्पत्ति अहिले घटेर ८२.१ अर्ब डलरमा झरेको छ।

एसियाका सबैभन्दा धनी व्यक्तिमा गनिएका मुकेश अम्बानीको सम्पत्ति पनि गत जुलाईमा १२०.८ अर्ब डलरबाट घटेर डिसेम्बरमा ९६.७ अर्ब डलरमा झरेको छ। उनको उर्जा र खुद्रा व्यवसाय कमजोर देखिएको छ। साथै, भारतका ठूला सहरहरूमा प्रतिस्पर्धीहरूको व्यापारले अम्बानीलाई चुनौती दिएको छ।

जसका कारण अदानी र अम्बानी दुवै “१०० अर्ब डलर क्लब” बाट बाहिरिएका छन्।

अम्बानीले आफ्नो ध्यान डिजिटल प्लाटफर्म, खुद्रा ब्रान्ड, र नवीकरणीय उर्जामा केन्द्रित गरेका छन्। यद्यपि, उनका व्यवसायिक मोडलमा अझै धेरै चुनौती बाँकी छन्। त्यसमाथि, इलोन मस्कको स्तारलिंक(Starlink) भारतमा प्रवेश गर्न खोजिरहेको छ, जसले अम्बानीको डिजिटल र टेलिकम व्यवसायलाई असर पार्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो