२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय अर्बपति अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिए

२०८१, १ पुष सोमबार १६:०६

काठमाडौँ | यो वर्षको सुरुवातमा भारतीय अर्बपति मुकेश अम्बानीका छोराको भव्य बिहेले संसारभर चर्चा कमायो। मुम्बईदेखि इटलीको रिभिएरासम्म ७ महिना लामो यो उत्सवमा पाहुनाहरूलाई मनोरञ्जन गराउन रिहान्नादेखि जस्टिन बिबरसम्मलाई बोलाइएको थियो। अनुमानित ६० करोड डलर खर्च भएको यो बिहेले भारतका महाधनीहरूको आत्मविश्वास झल्काएको थियो। तीव्र गतिमा विस्तार भइरहेको अर्थतन्त्रले उनीहरूको सम्पत्ति थप वृद्धि गरिरहेको आभास गराएको थियो।

तर, ६ महिनापछि परिदृश्य बदलिएको छ। भारतका दुई ठूला अर्बपति, रिलायन्स इन्डस्ट्रिज लिमिटेडका प्रमुख मुकेश अम्बानी र अदानी ग्रुपका संस्थापक गौतम अदानी, दुबै चुनौतीहरूको सामना गरिरहेका छन्। यी समस्याहरूले उनीहरूको व्यवसाय र व्यक्तिगत सम्पत्तिमा ठूलो असर पारेका छन्।

गौतम अदानीले अमेरिकी सरकारको भ्रष्टाचारको आरोप खेपिरहेका छन्। यसअघि, हिन्डेनबर्ग रिसर्चले अदानीका कम्पनीहरूमाथि ठगी र आर्थिक अपचलनका आरोप लगाएपछि उनको समूहलाई ठूलो धक्का लागेको थियो। लगानीकर्ताको विश्वास जित्ने प्रयास गरिरहेका अदानीमाथि नयाँ आरोपले समस्या थपेको छ।

अदानीले यी आरोपहरूको खण्डन गर्दै कानूनी रूपमा सामना गर्ने प्रतिवद्धता जनाएका छन्। यद्यपि, यी घटनाले अदानी समूहको सेयर मूल्यमा नकारात्मक प्रभाव पारेको छ। हिन्डेनबर्गको आरोपअघि १२२.३ अर्ब डलर रहेको अदानीको सम्पत्ति अहिले घटेर ८२.१ अर्ब डलरमा झरेको छ।

एसियाका सबैभन्दा धनी व्यक्तिमा गनिएका मुकेश अम्बानीको सम्पत्ति पनि गत जुलाईमा १२०.८ अर्ब डलरबाट घटेर डिसेम्बरमा ९६.७ अर्ब डलरमा झरेको छ। उनको उर्जा र खुद्रा व्यवसाय कमजोर देखिएको छ। साथै, भारतका ठूला सहरहरूमा प्रतिस्पर्धीहरूको व्यापारले अम्बानीलाई चुनौती दिएको छ।

जसका कारण अदानी र अम्बानी दुवै “१०० अर्ब डलर क्लब” बाट बाहिरिएका छन्।

अम्बानीले आफ्नो ध्यान डिजिटल प्लाटफर्म, खुद्रा ब्रान्ड, र नवीकरणीय उर्जामा केन्द्रित गरेका छन्। यद्यपि, उनका व्यवसायिक मोडलमा अझै धेरै चुनौती बाँकी छन्। त्यसमाथि, इलोन मस्कको स्तारलिंक(Starlink) भारतमा प्रवेश गर्न खोजिरहेको छ, जसले अम्बानीको डिजिटल र टेलिकम व्यवसायलाई असर पार्न सक्छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार