Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेटेपछि माओवादी नेता देवेन्द्र पौडेलले भने : अहिलेको सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई फसाउनेतर्फ उन्मुख छ

२०८१, १ पुष सोमबार १७:०५

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले अहिलेको सरकार कांग्रेस र एमालेकै कारण ढल्ने दाबी गरेका छन् । उनले आफूहरु अहिले सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको स्पष्ट पारे ।

आज (सोमबार) कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेटेर निस्किएपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले रवि लामिछानेलाई चितवनबाट पोखरा लगिँदा राति उठाएर लगिएको भन्दै प्रहरीको उक्त कदमलाई अमानवीय कदमको संज्ञा दिए ।

उनले भने,‘उहाँलाई चितवनबाट राति उठाएर ल्याईयो, यसप्रकारका अमानवीय र मानवअधिकार उल्लंघनका काम कसैको हकमा पनि हुनुहुँदैन् ।’ उनले सरकारले सुशासन कायम गर्न नसके माओवादी चुप लागेर (मुकदर्शक) भएर हेरेर नबस्ने चेतावनी दिए । उनले भने,‘अहिले हामी भर्खरै हामी त्यता लागेका छैनौं, सरकार परिवर्तनको लागि प्रतिनिधिसभामा गणित पुग्नुपर्छ । अहिले हामी यो सरकार फेरेर अर्को बनाउने प्रक्रियामा हामी छैनौं । उहाँहरुकै कारणले ढल्छ सक्छ । उहाँहरुकै आपसी लेनदेन, हिसाबकिताब, मान्छेहरु सेटिङ गर्ने, विश्वविद्यालयमा सेटिङ गर्ने, व्यूरोक्रेसीमा सेटिङ गर्ने, प्रहरी प्रशासनमा सेटिङ गर्ने, अरु कतिपय कुरामा उहाँहरुको हिसाबकिताब मिलेन भने सरकार ढल्नसक्छ ।’

उनले कांग्रेस र एमालेसँग बहुमत भएपनि कुरा नमिलेको दाबी गरे । उनले भने,‘उहाँहरु ठूलो दलबलसहित चीन जानुभयो । अहिलेपनि तपाईहरुले सोध्नुभयो भने एउटा दलले बीआरआईमा हस्ताक्षर भएको हो भन्छ, अर्को दलले हस्ताक्षर भएको होईन भन्छ । त्यही कुराले पनि के प्रष्ट गर्छ भने सरकार आँफै कन्फ्युजनमा छ । अन्तर्राष्ट्रिय मुद्दाहरुमा कन्फ्युजनमा छ । सुशासनको क्षेत्रमा कन्फ्युजनमा छ । डेलिभरी दिने कुरामा कन्फ्युजनमा छ । यो सरकारले धेरै जनताको पक्षमा काम गर्लाजस्तो महसुस छैन् ।’ उनले अहिलेको सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई फसाउनेतर्फ उन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ