६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत

२३ फाल्गुन २०८१, शुक्रबार १६:४९

काठमाडौँ | प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले संसद् सचिवालयको विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले हरितगृह ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवद्र्धन, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा कान्तिका सेजुवाल, डा अमरेशकुमार सिंह, अमनलाल मोदी, शिशिर खनाल, सुनिता बराल, विमला सुवेदी, कालुराम राई, प्रेम सुवाल, मैना कार्की, ज्ञानेन्द्रबहादुर कार्की, सराज अहमद फारुकी, चन्दा कार्की भण्डारी, नारायणप्रसाद आचार्य, रामहरि खतिवडा, मनीष झा, रणेन्द्र बराली, उर्मिला माझी, राजेन्द्रकुमार केसी, दयालबहादुर शाही, ठाकुरप्रसाद गैरे, अम्बरबहादुर रायमाझी र माधव सापकोटाले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प