२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प

२०८१, ३ चैत्र आईतवार १७:१३

काठमाडौँ  | छुरा प्रहारबाट हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका २३ का १९ वर्षीय आँशु यादवको परिवार र स्थानीय आन्दोलित बनेका छन् ।

मृतक आँशुका परिवार र स्थानीयले जनकपुर-जलेश्वर सडकखण्ड ठप्प पारेका हुन् । उनीहरु आँशुको शव सडकमै राखेर प्रदर्शनमा उत्रेपछि सवारीसाधन ठप्प भएको छ । हत्या घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ ।

होली खेल्ने क्रममा आँशुमाथि छुरा प्रहार गरिएको थियो । छाती र पेटमा छुरा प्रहार गरेकाले उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

मृतककी आमाले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिको पनि संलग्नता रहेको दावी गरेकी छन् । छोराको शव सडकमा राख्न पुगेकी उनले भनिन्, ‘पुरानो रिसईबीले मेरो छोराको हत्या गर्यो । सबैलाई भनिरहे मेरो छोरालाई नमार्नु । तर मेरो पुकार कसैले सुनैनन् । निर्ममतापूर्वक छोरामाथि छुरा हानेर हत्या गर्यो । सबै अपराधीलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’

आन्दोलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर आन्दोलन थालेको बताए । उनका अनुसार पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने र क्षतिपुर्तीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने