६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या प्रकरण: सडकमा शव राखेर प्रदर्शन, जलेश्वर-जनकपुर सडक ठप्प

३ चैत्र २०८१, आईतवार १७:१३

काठमाडौँ  | छुरा प्रहारबाट हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका २३ का १९ वर्षीय आँशु यादवको परिवार र स्थानीय आन्दोलित बनेका छन् ।

मृतक आँशुका परिवार र स्थानीयले जनकपुर-जलेश्वर सडकखण्ड ठप्प पारेका हुन् । उनीहरु आँशुको शव सडकमै राखेर प्रदर्शनमा उत्रेपछि सवारीसाधन ठप्प भएको छ । हत्या घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने पीडित परिवारको माग छ ।

होली खेल्ने क्रममा आँशुमाथि छुरा प्रहार गरिएको थियो । छाती र पेटमा छुरा प्रहार गरेकाले उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

मृतककी आमाले घटनामा धर्मेन्द्र बाहेक अन्य व्यक्तिको पनि संलग्नता रहेको दावी गरेकी छन् । छोराको शव सडकमा राख्न पुगेकी उनले भनिन्, ‘पुरानो रिसईबीले मेरो छोराको हत्या गर्यो । सबैलाई भनिरहे मेरो छोरालाई नमार्नु । तर मेरो पुकार कसैले सुनैनन् । निर्ममतापूर्वक छोरामाथि छुरा हानेर हत्या गर्यो । सबै अपराधीलाई प्रहरीले पक्राउ गर्नुपर्छ ।’

आन्दोलनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले पोष्टमार्टमपछि शव बुझेर गाउँमा लगेर आन्दोलन थालेको बताए । उनका अनुसार पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने र क्षतिपुर्तीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का