६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा

५ चैत्र २०८१, मंगलवार १७:१५

काठमाडौँ | नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनबाट अलग हुने घोषणा गरेको छ ।

१०० जनाले मतदान गरेपछि मतदान प्रक्रिया रोकिएको थियो । त्यसपछि क्याम्पस प्रमुख, निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिहरूबिच छलफल भएको थियो । लामो समयसम्मको बैठकपछि पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन ।

त्यहीबेला अनेरास्ववियुले निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गरेको हो । अनेरास्ववियुले निर्वाचन प्रक्रियाबाट बाहिरिने घोषणा गर्दै ज्ञापनपत्र बुझाएपछि अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ ।

फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै विद्यार्थीहरूले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको थियो । त्यसपछि लामो समयदेखि सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भएको थियो । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसेको थियो ।

अन्य विद्यार्थी संगठनहरूले अनेरास्ववियुले हार्ने डर भएपछि चुनाव बिथोल्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का