२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरण विभाग वायु प्रदूषणबारे भन्छ- ‘वाच’ गरिरहेका छौँ

२०८१, २१ चैत्र बिहीबार १७:२८

काठमाडौँ | काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले हाल काठमाडौँमा वायु प्रदूषणको स्तर ३४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको जनाएको छ।

एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, १०१ देखि १५० सम्म ‘सम्भावित जोखिम’, १५१ देखि २०० सम्म ‘अस्वस्थकर’, २०१ देखि ३०० सम्म ‘अत्यधिक अस्वस्थकर’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ।

तर यसको नियन्त्रणबारे सरकारको कुनै योजना छैन। यी प्रदूषण नियन्त्रणबारे वातावरण व्यवस्थापन विभागले ‘वाच’ गरिरहेको जनाएको छ। विभागका वातावरण निरीक्षक प्रकाश केसीले भने, ‘हामीले वाच गरिरहेका छौँ, विभिन्न ठाउँमा भएको आगलागीको असर हो यो।’

उनले यसको नियन्त्रणका लागि आगलागी नियन्त्रण गर्नुपर्ने वा पानी नै पर्नुपर्ने उनले बताए। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीले विशेष सतर्कता अपनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ