2026-07-04 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङले आफू हतोत्साहित र उत्तेजित नभएको बताएका छन्। उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त कुरा बताएका हुन्।

घिसिङले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही बनाउने निर्णयले कतिपय खुसी भए पनि आफूलाई हारको महसुस भएको छैन। उनले भने, ‘एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो भन्ने बारेमा जनता जानकार छन्। त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन।’ उनले मैले आफ्नो कार्यकालमा पछुताउनुपर्ने कुनै काम नगरेको दाबी पनि गरे।

उनले सरकारका तर्फबाट आफ्नो मनोबल गिराउने काम भएको बताए। घिसिङले संस्था र राष्ट्रपति घात गर्न आफ्नो इमानले नदिएको बताए। उनले लोडसेडिङ अन्त्य गरेर आफूले कुनै चमत्कार नगरेको पनि बताए। घिसिङले भने, ‘यो त एउटा इमानदार प्रयास थियो।’घिसिङले आफू कार्यकारी निर्देशक भएर आउँदा ४२ प्रतिशत घरपरिवारले बिजुलीको व्यग्र प्रतीक्षा गरिरहेको बताए। आफ्नो कार्यकालमा ९९ प्रतिशत घर परिवारमा बिजुली पुर्‍याउन सफल भएको दाबी उनको छ।

उनले आफ्नो कार्यकालमा प्राधिकरण नाफामा गएको र प्राधिकरणको सम्पत्ति तीन गुणा बढेको बताए। घिसिङले नेपाल सरकारले बजेट नदिए पनि प्राधिकरणले आफ्नो स्रोतसाधनले बिजुली उत्पादन गरिरहेको बताए। उनले भने, ‘विपन्न जनताको घरघरमा बिजुली पुर्‍याउनु नै मेरो ठूलो उपलब्धि हो।’

चैत ११ को मन्त्रिपरिषद्को बैठकले उनलाई प्रबन्ध निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो। उनलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको छ।

सर्वोच्च अदालतले बिहीबार घिसिङका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। घिसिङ २०७८ साउन २५ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनलाई सरकारले कार्यकाल सकिनुभन्दा चार महिनाअघि नै बर्खास्त गरेको थियो। उनको बर्खास्तपछि प्रतिपक्षी दलले केही दिन सदन अवरुद्ध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो