Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई

२०८१, २२ चैत्र शुक्रबार १७:१८

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बैैककमा शुक्रबार एक्लाएक्लै भेटवार्ता भएको छ।

प्रधानमन्त्री निकटले दिएको जानकारी अनुसार बैंककस्थित मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा दुई शीर्ष नेताबीच भेट भएको हो। उनीहरूबीच करिब ३५ मिनेट भेट भएको बताइएको छ। भारतीय प्रधानमन्त्री मोदी बिहीबार नै बैँकक पुगेका हुन्।

प्रधानमन्त्री ओली गत चैत १९ गते मंगलबार बैंकक प्रस्थान गरेका थिए। उनी बिमस्टेक बैठकमा सहभागी हुन बैँकक पुगेका हुन्।

उनले थाई प्रधानमन्त्री पे थोङ थान् शिनावातसँग २० गते द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।

बिहीबार बिहान व्यवसायीहरूको टोलीसँग भेटेका उनले बिहीबार दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा सम्बोधन पनि गरेका थिए। बिहीबार साँझ भने उनी बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी भए। शुक्रबार उनी बिमस्टेक सम्मेलनमा सहभागी हुनुका साथै सम्बोधन पनि गरेका छन्।

यसअघि पनि गत असोजमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो। यद्यपि प्रधानमन्त्री ओलीले सत्तारोहणपछि भारत भ्रमणको निम्तो भने पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै