2026-07-04 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन्।

आइतवार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान भएको उल्लेख गरे ।

उनले अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरू रहेको बताए।उनले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरू नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरे । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व भएको जिकिर गरे।

राष्ट्रपति पौडेलले भने, ‘देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान हुन् । अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु छन् । अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थल छन् । यि हाम्रो सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएका छन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो । त्यसैले बहुजाति भाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी छ ।’

राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना, जागरुकता र चासो आवश्यक रहेको बताउनु भयो । भावि सन्ततीका लागि सम्पदाहरू पूर्खा र इतिहासलाई बुझ्ने महत्वपूर्ण कडी भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो