२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए

२०८१, २६ चैत्र मंगलवार १५:५४

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताएका छन् । राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको खबरदारी सभामा अध्यक्ष लिङ्देनले देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ सझदारीको आवश्यकता रहेको बताएका हुन् ।सबै राजनीतिक दलहरूको सझदारीमा नयाँ समझदारी गर्नपर्ने उनको भनाइ छ । ‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौ, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाऊन्,’ उनले भने ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्छ ।’

उनले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने उनले उल्लेख गरे । भ्रष्टाचार गर्ने कोही पनि नछुटून र सुशासनयुक्त शासन व्यवस्था आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।चैत १५ गते तीनकुनेमा राज्य आतंक सिर्जना गरिएको उनले उल्लखे गरे । त्यसले देशमा नयाँ परिस्थिति निम्तिएको उनले बताए । राप्रपा कुनै प्रकारको हिंसाको पक्षधर नरहेको भन्दै उनले चैत १५ मा राज्यको तर्फबाट हिंसा भड्काइएको आरोप लगाए ।

‘सुनियोजित तरीकाले राज्यले हिंसा भड्कयो, २ जनाको ज्यान गयो, कैयौं घाइते भए त्यसको हिसाब किताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन,’ उनले भने ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् ।’ प्रहरी प्रमुखले समेत अश्रुग्यास म्याद नगुज्रिएको भनेर ढाँटेको उनले बताए । ‘प्रहरी प्रहरी भएर बसोस् । कुनै दलको कार्यकता भएर होइन,’ उनले भने ‘प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष रहेछन् ।’राजावादीको प्रदर्शन हिंसात्मक नभएको भन्दै राज्य पक्षबाट गरिएको दमनलाई पनि हेर्न उनले सञ्चारमाध्यमहरूलाई आग्रह गरे । ‘तपाईंले अश्रुग्यास हान्नु भयो भने यहाँ बसेका मानिसले जे भेट्छन त्यसले हान्छन नि,’ उनले भने ‘सबभन्दा पहिला गोली कस्ले चलायो ? अश्रुग्यास कसले हान्यो ? मानव अधिकारवादीहरू कहाँ छन् ?’

उनले सञ्चार जगतप्रति गुनासो गर्दै भने ‘तपाईं सञ्चारकर्मीलाई गणतन्त्र मन पर्ला तर यो देश राजा मान्नेहरूको पनि हो । तपाईं सञ्चारकर्ममा रहेसम्म कम से कम निष्पक्ष व्यवहार गर्नुस् ।’ एमाले पार्टी कार्यालयमा सुरक्षाकर्मी राख्ने सरकारले समाजवादी पार्टीको कार्यालयमा किन सुरक्षा नदिएको भनेर पनि अध्यक्ष लिङ्देनले प्रश्न गरे । ‘सुरक्षा किन गरिएन भन्ने आज फुटेज आइराख्या छन्,’ उनले भने । चैत १५ गतेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने पनि उनले माग राखे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी