१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए

२६ चैत्र २०८१, मंगलवार १५:५४

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताएका छन् । राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको खबरदारी सभामा अध्यक्ष लिङ्देनले देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ सझदारीको आवश्यकता रहेको बताएका हुन् ।सबै राजनीतिक दलहरूको सझदारीमा नयाँ समझदारी गर्नपर्ने उनको भनाइ छ । ‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौ, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाऊन्,’ उनले भने ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्छ ।’

उनले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने उनले उल्लेख गरे । भ्रष्टाचार गर्ने कोही पनि नछुटून र सुशासनयुक्त शासन व्यवस्था आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।चैत १५ गते तीनकुनेमा राज्य आतंक सिर्जना गरिएको उनले उल्लखे गरे । त्यसले देशमा नयाँ परिस्थिति निम्तिएको उनले बताए । राप्रपा कुनै प्रकारको हिंसाको पक्षधर नरहेको भन्दै उनले चैत १५ मा राज्यको तर्फबाट हिंसा भड्काइएको आरोप लगाए ।

‘सुनियोजित तरीकाले राज्यले हिंसा भड्कयो, २ जनाको ज्यान गयो, कैयौं घाइते भए त्यसको हिसाब किताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन,’ उनले भने ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् ।’ प्रहरी प्रमुखले समेत अश्रुग्यास म्याद नगुज्रिएको भनेर ढाँटेको उनले बताए । ‘प्रहरी प्रहरी भएर बसोस् । कुनै दलको कार्यकता भएर होइन,’ उनले भने ‘प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष रहेछन् ।’राजावादीको प्रदर्शन हिंसात्मक नभएको भन्दै राज्य पक्षबाट गरिएको दमनलाई पनि हेर्न उनले सञ्चारमाध्यमहरूलाई आग्रह गरे । ‘तपाईंले अश्रुग्यास हान्नु भयो भने यहाँ बसेका मानिसले जे भेट्छन त्यसले हान्छन नि,’ उनले भने ‘सबभन्दा पहिला गोली कस्ले चलायो ? अश्रुग्यास कसले हान्यो ? मानव अधिकारवादीहरू कहाँ छन् ?’

उनले सञ्चार जगतप्रति गुनासो गर्दै भने ‘तपाईं सञ्चारकर्मीलाई गणतन्त्र मन पर्ला तर यो देश राजा मान्नेहरूको पनि हो । तपाईं सञ्चारकर्ममा रहेसम्म कम से कम निष्पक्ष व्यवहार गर्नुस् ।’ एमाले पार्टी कार्यालयमा सुरक्षाकर्मी राख्ने सरकारले समाजवादी पार्टीको कार्यालयमा किन सुरक्षा नदिएको भनेर पनि अध्यक्ष लिङ्देनले प्रश्न गरे । ‘सुरक्षा किन गरिएन भन्ने आज फुटेज आइराख्या छन्,’ उनले भने । चैत १५ गतेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने पनि उनले माग राखे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने